Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

खबरडबली संवाददाता

पाँचथर । अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । 

कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित  खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उनकी श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले दुई लाख ५० हजारको  अक्षयकोष स्थापना गरेकी हुन् ।

विद्यालयमा हाल कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट माथिल्ला कक्षामा समेत अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन तथा शैक्षिक गुणस्तर सुधार गर्न खड्का दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । मातापिताको स्मृतिमा ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई कक्षा चारदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा भर्ना गर्ने गरेका छन् । यसलाई रोक्न अक्षयकोष स्थापना गरिएको पूर्वप्रअ खड्काले बताए । “जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन् । अक्षयकोषबाट यसका लागि  मद्दत पुग्छ”, उनले भने । 

झण्डै ३७ वर्ष शिक्षण पेशा गरेका एगेन्द्रबहादुरले गत वैशाख १ गते उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् । त्यसयता उनकै श्रीमती गीता खड्काले विद्यालयको प्रअ बनेर जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । खड्का दम्पतीले स्थापना गर्नुभएको अक्षयकोष विद्यालयसँगको समझदारीअनुरुप अङ्ग्रेजी माध्यमको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च हुनेछ । उनीहरुको अक्षयकोषमा पाँच लाख जम्मा गर्ने लक्ष्य छ । 

“मावि (कक्षा ९–१०) तहमा एउटा दरबन्दी मात्र छ । एक स्वयम्सेवक शिक्षक हुनुहुन्छ । निमावि र प्रावि तहमा पनि आवश्यकताअनुसार दरबन्दी छैन”, पूर्वप्रअ खड्काले भने, “विगतमा अभिभावकबाट चन्दा उठाएर विद्यालयको वृत्तिविकासमा लगानी गरेका थियौँ । सोही कुरा सम्झेर अरुलाई उत्प्रेरित गर्न अक्षयकोष स्थापना गरेका हौँ ।” 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेलले सरकारले उपलब्ध गराउनेबाहेक आम्दानीको स्रोत नहुँदा शैक्षिक गुणस्तर सुधार्न नसकिएपछि अभिभावक तथा सरकोरवालालाई विद्यालयमा थप लगानी गर्न अनुरोध गरिएको बताए । उनले पनि एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आएका छन् । 

पौडेल परिवारले खम्बसिंह पौडेल स्मृति अक्षयकोष स्थापना गरेपछि अर्का अभिभावक वसन्त चाम्लिङले एक लाख आठ हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा स्थायी, राहत, स्वयम्सेवकलगायत दरबन्दीका १२ तथा निजी स्रोतका एक शिक्षक कार्यरत छन् । उपलब्ध जनशक्तिबाट अङ्ग्रेजी माध्यममा पठनपाठन विस्तार गर्न विद्यालयले नसकिरहेको प्रअ  खड्काको भनाइ छ । विसं २०१८ मा स्थापना भई ०६६ सालबाट माध्यमिक तहमा विस्तार भएको उक्त विद्यालयमा हाल १४२ विद्यार्थी अध्ययनरत छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy