Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

देशभर लागूऔषधसहित ६ जना पक्राउ

खबरडबली संवाददाता

काठमााडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.५ प ६१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अहिरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१६ महेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १.१० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ सुन्दरबस्ती बस्ने २७ वर्षीय राजेन्द्र गुरूङ समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुम्मरवानाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

बर्दियाकाे मधुवन नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मेहडी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २९ वर्षीय प्रकास सुनार रहेका छन् । 

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले अनसारीको घर तलासी गर्दा उक्त पदार्थ फला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।   

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार महासंघले भर्चुअल बैठक डाक्याे

काठमाडौं । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्ष...

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पुर्व सचिवसहित चार जनालाई आठ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव ग...

दुर्गा प्रसाईको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने सातजना पक्राउ

रुपन्देही । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ...

यी हुन सरकारका सचिवहरूको २४ निर्णय

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।  सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा ...

पर्सामा १ सय ४५ किलो गाँजासहित एउटा कार पक्राउ

पर्सा । सशस्त्र प्रहरी बल पर्साले १ सय ४५ किलो गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आइतबार राति बीओपी अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले विन्द...

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यह...

अर्थमन्त्री पौडेल आजराती चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थ...

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy