Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

शहीद प्रेरणाका स्रोत हुन् : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् ।

शहीद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए । 

उनले भने, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपुतलाई राष्ट्रिय शहीद घोषणा गर्दै उनीहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

प्रधानमन्त्री दाहालले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न शहीद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले मुलुकका निम्ति जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाको उच्च सम्मान र घाइते योद्धाको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending