Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध

खबरडबली संवाददाता

काठमाडाैं । फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरु अबरुद्ध गरेका छन् ।मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरेका हुन्र ।

किसानले राजमार्ग अबरुद्ध गरेपछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन । केही दिन देखी  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जाे नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरुले जनाउँदै अाएका छन् ।

सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अबरुद्ध गरेका थिए । ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिणपश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन् । उनी पेरिसतर्फ जाने ट्र्याक्टरहरूको जुलुसमाा सहभागी भएकी थिइन । र, स्थानिय मिडियाबाट सरकारका बिरुद्ध खुलेर असन्तुष्टी जाहेर गरेरहेकी थिइन ।

‘यो खेतीका लागि किसानहरुको अन्तिम लडाइ हो। यो बाँच्नका लागि पनि प्रश्न हो,’ उनले भनिन । यसैबिच, मुल्य वृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ ।

सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ। 

युरोपियन युनियका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

तर कृषक संगठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन्। ‘यस चरणमा, हामी के चाहन्छौं भने सरकार माथी अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानिय मिडियासँग भनेका छन ।

‘त्यसैले हामी पेरिसबाट ३० किलोमिटर सम्म पेरिस छिर्ने सबै मुख्य राजमार्गहरू अवरुद्ध गर्नेर्छौ,   हाम्रो उद्देश्य सरकारलाई दबाब दिनु हो ताकि हामी चाँडै संकटबाट बाहिर निस्कने उपाय खोज्न सकौं,’ उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending