Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

काठमाडौंमा विशेष कार्यक्रम गरी मनाइयो शहीद दिवस

देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरुले देखेको सपना र गरेको अठोटलाई हामीले पुरा गर्नु पर्छ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार शहीद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । शहीद सप्ताहको अन्तिम दिन महानगरपालिकाले प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । 

शहीद दिवसको अवसरमा मंगलबार बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरी लैनचौरमा रहेको शहीद स्मारकमा पुगेर सभामा परिणत भएको थियो । 

सभामा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो। 

महानगरले शहीद स्पताहको पहिलो दिन, माघ १० गते शहीद शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु पचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा तथा माल्यार्पण तथा स्मृति सभा गरेको थियो। 

२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउने गरिने गरिएकामे छ । आज देशभरका विभिन्न स्थानमा शहीदको स्मरणमा विभिन्न कार्यक्रमहरु गरेर शहीद दिवस मनाइँदै छ।

शहीद दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै  प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताए। आजको दिन महान शहीदहरुको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरुले देखेको सपना र गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तीका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न प्रधानमन्त्रीले आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए। 

प्रधानमन्त्रले भने, ‘जहाँनिया राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा हामीले प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रुपमा मनाउँदै आएका छौँ। यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान शहीदहरुप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता भएका योद्धाहरुप्रति उच्च सम्मान र स्मरण गर्दछु। नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान शहीदहरुले उच्च बलिदान गर्नुभएको छ। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रही रहनेछन्। आजको दिन महान शहीदहरुको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उहाँहरुले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तीका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन पनि हो। त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौँ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending