Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सन् २०२५ मा मानवअधिकारलाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी डलरको आवश्यकता रहेको बताएको छ । 

“हामी अत्यन्त विभाजित समयमा बाँचिरहेका छौँ, विश्वका कयौँ भागमा, हालै मध्यपूर्वमा द्वन्द्व जारी छ”, राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा कूटनीतिज्ञहरूसँग भने, “यी युद्धहरूले गहिरो घाउ बनाइरहेका छन्, गुनासाहरू उत्पन्न भइरहेका छन् यसले न्यायबिना सम्पूर्ण मुलुकहरूको भविष्यलाई धेरै नै नोक्सान पुर्याउने छ, थप ध्रुवीकरण बढाउने छ र गहिरो विभाजन उत्पन्न गर्नेछ ।”

मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसिएचआर) मा ९१ मुलुकमा एक हजार नौ सय ६२ कर्मचारी छन् । ओएचसिएचआरले गत वर्ष १३ हजार चार सय ७६ बन्दीको रिहाइ सुनिश्चित गर्न सहयोग गरेको, तीन हजार छ सय ६४ अनुगमन मिसन सञ्चालन गरेको र ४३ मुलुकमा कानून र नीतिहरूको सुधारमा योगदान गरेको बताएको छ । 

टर्कले जीवन परिवर्तन गर्न र विश्वभर सामना गरिरहेका केही मानवअधिकार चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमतालाई ‘पर्याप्तरूपमा बढाउन’ ओएचसिएचआरलाई ५० करोड डलरको आवश्यकता रहेको बताए । 

सदस्य मुलुकहरूले गत वर्ष ओएचसिएचआरमा स्वैच्छिक योगदानका रूपमा २८ करोड ३२ लाख डलर योगदान गरेका थिए । उक्त रकम ओएचसिएचआरले मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सव मनाउनका लागि अनुरोध गरेको ४५ करोड २० लाखभन्दा धेरै कम हो । ओएचसिएचआरलाई सहयोग गर्ने शीर्ष दाताहरूमा युरोपेली सङ्घ (इयु), अमेरिका, स्विडेन, जर्मनी र नर्वे थिए । 

“मानवअधिकार समाधान प्रदान गर्न हामीलाई अहिले पनि अधिक प्रभावकारी र व्यापक पहुँचका लागि आवश्यक कोषको एकदमै अभाव छ”, टर्कले भने । उनले मुलुकहरूका नागरिक र राजनीतिक अधिकारहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकाररू जस्तै समान महत्त्व दिँदै अधिकारहरूलाई शासनको केन्द्रमा राख्न आह्वान गरे । उनले हाम्रो समाजलाई लामो समयदेखि परिभाषित गरेको ‘अन्याय र असमानताको चक्रको अन्त्य गर्न’ पनि मुलुकहरूलाई आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारा...

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

बेइजिङ । वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकाला...

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्याे

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ...

नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।  राजदेवी ८ लक्ष्मिपुर गाउँ छे...

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।  उनले सोमबार ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy