Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

भदौदेखि लेखा विषयको अध्यापन नहुँदा विद्यार्थी आन्दोलित

खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ६ मा अवस्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन ।  कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले लेखा विषयको कक्षा सञ्चालन नभएको भन्दै विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा ताला लगाएका हुन् । 

प्रावि तहमा दरबन्दी रहेका शिक्षक सदरे आलम अवकास प्राप्त भएदेखि भदौदेखि लेखा विषय पढ्न नपाएको भन्दै विद्यार्थीहरुले सामुहिक रुपमा ताला लगाएका हुन् । लामो समयदेखि विद्यालयमा लेखा विषयको शिक्षक नहुँदा पठनपाठन नभएकोले नजिकिदै गरेको फाइनल परिक्षा कसरी दिनमा चिन्तित रहेको विद्यार्थीहरुले भने । 

पटक–पटक माग राख्दा समेत पहल नभए पछि हाम्रो भविष्य नै अन्योल हुने देखिएकोले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताए । हाम्रो भविष्य माथिनै खेलवाड भइरहेको छ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन वा सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरुले भने । 

शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुँदै गएको र आउने परीक्षामा के लेख्ने कसरी पास हुने भन्नेमा विद्यार्थी चिन्तित छन् । फाइनल परीक्षा नजिकिँदै गर्दा समेत विद्यालय व्यवस्थापन समितिले विषय शिक्षक उपलब्ध नगराएको कारण पढाई हुन सकेको छैन । 

कक्षा ९ मा ३७ जना र कक्षा १० मा ४३ जना विद्यार्थी भर्ना भएको अधिकांस विद्यार्थी लेखा विषय ऐच्छिकमा लिएर पढ्दै आएका थिए । अहिले कक्षा ९ मा २९ जना र कक्षा १० मा २६ जना विद्यार्थी ले लेखा विषय शिक्षक नभएकै कारण पढ्न पाएका छैनन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेश यादवले विद्यार्थीको पढाइ प्रभावित भएको कुरा सम्बन्धित ठाउँमा अवगत गराएका बताए । विद्यालयमा भदौसम्म केही पाठहरु मात्रै पढेका विद्यार्थीहरुले त्यसयता कुनै पनि लेखा विषयको कक्षा लिएका छैनन् । 

विद्यालयको व्यवस्थापन समितिले विषय शिक्षक नभएपछि सिताराम कोइरी र नारायण ज्ञवालीलाई अध्यापनका लागि सहमति दिएको थियो । २०८० पुस १४ गते सहमति दिए पनि अन्तरजिल्ला भएको कारण उनीहरुले नआएपछि विद्यालय व्यवस्थापन समितिले जिल्लाकै वीरेन्द्र यादवलाई सहमति दिएको थियो । 

विद्यालय व्यवस्थापन समितिमा सदस्यको रुपमा वडाध्यक्ष समेत रहने भएको यादवको सहमतिमा सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवको हस्ताक्षर नभएकोले उनी आउन सकेका थिएनन् । 

विद्यालयका प्राधानाध्यपक प्रविन श्रीवास्तवका अनुसार व्यवस्थापन समितिले पुनः २०८० माघ १५ गते बैठक बसी सहमतिका लागि निर्णय गरेको बताए । नगरपालिकाको शिक्षा शाखाको कारण शिक्षक आउनमा ढिलाई भइरहेको छ । विद्यालयमा माध्यमिक तहको विज्ञान र निम्न माध्यमिक तहको नेपालीको शिक्षक पनि काज सरुवा भई गएपनि ति ठाँउमा थप शिक्षक आएका छैनन् । 

सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले  महात्मा बुद्ध माध्यमिक विद्यालयमा लेखा विषयको पढाइ भदौदेखि नभएको भन्ने कुनै जानकारी नभएको बताए । यता विद्यालयले बैठक र पत्रमार्फत शिक्षकको माग गरेको दाबी गर्दै आएका छन् । शैक्षिक सत्रको सकिन लाग्दा, परीक्षा नजिकिँदै गर्दा भने विद्यार्थीमा शिक्षक आउला नआउला भन्नेमा अन्योलता छ । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एकसय बेच्ने जिम्बु थकालीलाई तीनलाख जरिवाना

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  एमआरपी मूल्य भन...

मुगु देशको ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मूल नारा...

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारा...

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

बेइजिङ । वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकाला...

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्याे

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ...

नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।  राजदेवी ८ लक्ष्मिपुर गाउँ छे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy