Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

संयुक्त राष्ट्रसङ्घींय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् । 

असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसङ्घका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको उठान गरेका थिए ।

महासचिवले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न, पूर्वी जेरुसेलमसहित कब्जा गरिएको क्षेत्रको अवस्थामा पनि केन्द्रित रहेको बताए । यो श्रीङ्खलाबद्ध सबै हिंसा रोकी अपराधिलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।  
महासचिवले प्यालेस्टाइनको लामो प्रश्न र बढ्दो हिंसाका बीचमा समितिको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे । 

गाजामा भएको घटनालाई साझा मानवता र अन्तस्करणमा दाग भन्दै महासचिवले विगत  एक सय २० दिनमा मृत्यु, बिनाश, विस्थापन, भोकमरी, क्षति र दुःख भएकोमा शोक व्यक्त गरे । गाजामा मात्रै दुई तिहाइभन्दा बढी महिला तथा बालबालिकासहित २६ हजार सात सय  ५० भन्दाबढी प्यालेस्टिनी मारिएको विषयमा जोड दिँदै उनले सर्वसाधारणको हत्या र अपाङ्गता भएका सैन्य आक्रमणमा असन्तुष्टि ब्यक्त गरे । 

गुटेरेसले नागरिक पूर्वाधारमा गम्भीर असर परेको औँल्याउदै गाजामा घर, अस्पताल, विद्यालय, पानी र सरसफाइ सुविधाहरूसहित ७० प्रतिशतभन्दा बढी संरचना नष्ट भएको बताए । 

अन्तर्राष्ट्रिय मानवीय कानुनको सिद्धान्तलाई पुनःपुष्टि गर्दै उहाँले द्वन्द्वको कुनै पनि पक्ष अन्तर्राष्ट्रिय कानुनभन्दा माथि नहुने कुरामा जोड दिए । महासचिवले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहतकार्य एजेन्सी (युएनआरडब्लुए)का कर्मचारी विरुद्धको गम्भीर आरोपहरूलाई सम्बोधन गर्दै आरोपबाट व्यक्तिगतरूपमा आफु डराएको बताए । 

उनले युएनआरडब्लुएको महत्वपूर्णकार्य बताउँदै चालिएका कदमहरूको रूपरेखा प्रस्तुत गरे । गाजाको मानवीय प्रणाली पतनको सङ्घारमा पुगेको बताउँदै २.२ मिलियन मानिसले सामाना गरिरहेको अमानवीय अवस्थामा महासचिवले द्रुत, सुरक्षित, निर्बाध, विस्तारित र दिगो मानवीय पहुँचको लागि आह्वान गरे । 

उनले तत्काल मानवीय युद्धविरामका लागि निवेदनको साथसाथै भीड कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतामा जोड दिए । गुटेरेसले दुई–राज्य समाधानको दिशामा प्रगति गर्न आह्वान गरे । 

दुई–राज्य समाधानले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको प्राप्ति भई सो क्षेत्रमा न्यायपूर्ण र स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न सक्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय समुदायलाई अर्थपूर्ण शान्ति प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतामा अडिग रहन पनि आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE