Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सियो बनेर बाँसबारी पसेको चौधरी ग्रुप फाली बनेर निस्कन खाेज्दा...

मनाेज भट्टराई

काठमाडौं । गुमनाम भएको बाँसबारी छालाजुत्ता कारखानाको नाम आज एकाएक चर्चामा आयो । कारखाना रहेको सरकारी जग्गा हडप्नेहरु पक्राउ परे सँगै आज बासबारी छालाजुत्ताको चर्चा भएको हो । 

२०४९ मा कारखाना नै बन्द भएको बाँसबारी छालाजुत्ता कारखना पुनः संचचालनमा आएर हैन छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि यसको चर्चा चुलीएको हो । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ समेत हुन् ।

बाँसबारीमा २०२१ मा छालाजुत्ता कारखाना खुल्यो । कारखानामा २०४४ मा चौधरी ग्रुपको प्रबेश भएको देखिन्छ । २०४४ मा बाँसबारी छालाजुत्ता कारखानामा सियो बनेर प्रवेश गरेको चौधरी ग्रुप फालीमा परिणत भयो भने २०४९ मा बाँसबारी छाला जुत्ता कारखाना नै बन्द भयो । 

चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालन भएकै कम्पाउण्डमा अर्को कम्पनी पनि स्थापना गर्यो । सो कम्पनी ‘च्याम्पियन फुटवेयर लिमिटेड’ हो । 

च्याम्पियन फुटवेयरमा चौधरी ग्रुपको २५ प्रतिशत र ७५ प्रतिशत सरकारको लगानी रहेको थियो । ७५ प्रतिशत लगानी गरेको सरकारले बाँसबारी छालाजुत्ता कारखाना संचालक समितिको निर्णयबाट सुरुमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा १० रोपनी जग्गा पास गराएको पाइएको छ ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) प्रमुख (एआईजी) किरण बज्राचार्यले  बताइन् । 

२०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा. लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका आम्रपाली कन्स्ट्रक्सनका संचालक समेत रहेका ठाकुरलाई पनि आजै पक्राउ गरिएको एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । 

अजित नारायण सिंह थापा त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाको संचालक समितिका अध्यक्ष थिए । संचालक समितिको निर्णय र प्रतिवेदनको आधारमा जग्गा मालपोतबाट पास गरेको भेटिएको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

२०४७ मा च्याम्पियन्स फुटवेयर बन्द भयो । त्यसअघि नै ०४४ मा च्याम्पियन्सको नाममा जग्गा गइसकेको थियो । ‘घाटा भयो’ भनेर चौधरीहरुले जुत्ता कम्पनी बन्द गरेका सीआईबीको अनुसन्धान निष्कर्ष रहेको छ ।

२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द गरियो । त्यसपछि चौधरी ग्रुपले संचालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गा सहित फुटवेयर कम्पनी ‘प्रालि’मा परिवर्तन गराए । २०५४ मा सो जग्गा प्रालिमा रुपान्तरण भएर २०७५ मा चाँदबाग रेसिडेन्सी प्रा.लिमा कन्भर्ट भएको छ ।

काठमाडौँको बत्तिसपुतली घर भएका अजित नारायण सिंह थापा नेपाल औधोगिक इन्डष्ट्रियल कर्पोरेशन, बाँसबारी छालाजुत्ता तथा च्याम्पिय फुटवेयर लिमिटेडका पूर्व अध्यक्ष हुन् । जग्गा चौधरी ग्रुपलाई सुम्पिनुमा उनको मुख्य हात देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् ।

जग्गा हिनामिना गरेर चौधरी ग्रुपले आफ्नो बनाएको भन्दै काठमाडौँ–३ का वडा अध्यक्षसहित ४८ जना स्थानीयले सीआईबीमा उजुरी गरेका थिए ।  सरकारबाट हडपेर ल्याएको जग्गामा चाँदबाग स्कुल सञ्चालन गरिएको छ । स्कुलका मुख्य संचालक सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी हुन् ।  

चौधरी ग्रुपले ‘किर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको र सरकारलाई ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ दिनको म्याद लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्म...

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपांगता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयार...

भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बन...

विश्व प्रेस स्वतन्त्रता दिवसः वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

काठमाडौं । विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का...

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।  नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेश...

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौं । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– ति...

बिहीबार तोलामा २ हजारले बढेको सुन शुक्रबार ११ सय घट्यो

काठमाडौं । बिहीबार तोलामा २ हजारले बढेको सुनको मूल्य शुक्रबार ११ सय घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिह्रीबारको तुलनामा शुक्रबार ओर...

मीनबहादुर बुढा (भेलुबाजे)को मृत्यु शंकास्पद

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको निधनको कारण कुटपिट भएको खुलासा भएको छ । बिहीबार प्युठान जिल्ला...

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाका २ मन्त्रीलाई ह्विप

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन २ मन्त्रीलाई ह्विप जारी गरिएको छ । नागरिक उन्मुक्ति पार्टी...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु, चुनाव एक महिना पछि

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनले विभिन्न प्रस्ताव पारित गर्ने छ । राष्ट्रि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies