Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ऊर्जा क्षेत्रमा जनशक्ति अभाव

खबरडबली संवाददाता

गण्डकी । ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीमा रहेको प्रदेश सरकारले ऊर्जा क्षेत्रमा जनशक्ति अभाव झेलिरहेको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ऊर्जा शाखा दुई जना कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । 

प्रदेश स्थापनाको छ वर्ष बितिसक्दा ऊर्जा हेर्ने निकायमा सङ्गठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षणसमेत हुन सकेको छैन । प्रदेशको समृद्धिको मुख्य आधारमध्येमा लिइएको ऊर्जा क्षेत्र नै प्राविधिक तथा प्रशासनिक जनशक्तिको अभावमा गुज्रिरहेको हो ।

मन्त्रालयको ऊर्जा शाखाका प्रमुख इन्जिनियर जीवन श्रेष्ठले आफूसहित इन्जिनियर दामोदर तिवारी उक्त शाखामा कार्यरत रहेको बताए । “मन्त्रालय गठन हुने बेलामा ऊर्जातर्फ तीन जनाको दरबन्दी थियो । अहिले झन घटेर दुईमा पुगेको छ”, उनले भने, “प्रदेशका ११ वटै जिल्लामा ऊर्जा क्षेत्र हेर्ने जिम्मेवारी यस शाखालाई छ ।”

जनशक्ति र स्रोतसाधनको अभावमा शाखाको दैनिक कार्यसम्पादन प्रभावित भइरहेको इन्जिनियर श्रेष्ठले बताए । “जनशक्ति नभएकाले विद्युत् विस्तारलगायतका काम नेपाल विद्युत् प्राधिकरणसँग मिलेर गरिरहेका छौँ”, उनले भने, “ऊर्जा क्षेत्र हेर्ने गरी निर्देशनालय वा अन्य छुट्टै संरचना स्थापनाका लागि माग गरे पनि प्रदेश सरकारबाट सुनुवाइ हुन सकेको छैन ।”

मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले सङ्गठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षण गरेर ऊर्जा शाखामा कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । कर्मचारी समायोजन हुँदा सङ्घ सरकारबाट ऊर्जा क्षेत्रमा काम गर्ने जनशक्ति प्रदेशमा नआएकाले जटिलता थपिएको उनको भनाइ थियो । 

“सङ्घीय निजामती ऐन नबन्दा पनि प्रदेशमा कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ”, प्रवक्ता पौडेलले भने, “ऊर्जा मन्त्रालय भनिएपनि न व्यवस्थित संरचना छ, न जनशक्ति छ ।” उहाँका अनुसार ऊर्जातर्फ गण्डकी प्रदेश सरकारले चालु आवमा रु नौ करोड ६५ लाख बजेट छुट्टाएको छ । 

विनियोजित बजेटबाट केन्द्रीय विद्युतीकरण, लघु जलविद्युत् आयोजनाको निर्माण, मर्मत सुधारलगायत काम भइरहेको ऊर्जा शाखाले जनाएको छ । प्रदेश सरकारले यसै वर्षभित्र ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीलाई अगाडि बढाएको छ । 

आर्थिक सर्वेक्षणले गण्डकीमा दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँच बाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको छ । ऊर्जा शाखाका अनुसार अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र विद्युत् सेवा पुग्न बाँकी छ । बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको सतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुर्याउने योजनामा मन्त्रालय छ । 

“बिजुलीको पहुँच बाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पु¥र्याउँछौँ”, ऊर्जा शाखाका इन्जिनियर श्रेष्ठले भने, “केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ ।” अहिलेसम्म बिजुली नै नपुगेका घरधुरी पहिचान गर्न विद्युत् प्राधिकरण र स्थानीय तहसँग मन्त्रालयले समन्वय गरिरहेको उनले बताए । 

तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी रहेको श्रेष्ठको भनाइ थियो । “अन्यत्र पनि विद्युत सेवाबाट वञ्चित गाउँ र परिवार हुन सक्छन्, त्यस्ता ठाउँको हामी आफैँले पनि खोजी र अध्ययन गर्दैछौँ”, उनले भने, “अहिलेसम्म प्रदेशभित्रका ९९ दशमलव ५० प्रतिशत घरमा विद्युत् सेवा पुगिसकेको छ ।”

प्रदेश स्थापनापछि विसं २०७४ मा गठित पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा सबै घरमा बिजुली पुर्याउने निर्णय गरेको थियो । बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यसै वर्ष पूरा हुने मन्त्रालयले जनाएको छ । 

सरकारको चालु आवको नीति तथा कार्यक्रमले पनि उक्त लक्ष्यलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता पौडेलले विद्युतीकरण हुन बाँकी नवलपुर र तनहुँका केही ठाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको बताए । 

सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरधुरीलाई स्वघोषणा गरेर आउनसमेत मन्त्रालयले सूचित गरेको प्रवक्ता पौडेलले बताए । मन्त्रालयका अनुसार प्रदेशका पाँच लाख ७५ हजार एक सय ८७ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जालगायतको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending