Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

चीनद्वारा रिपोर्टिङका लागि पत्रकारलाई आमन्त्रण

खबरडबली संवाददाता

एजेन्सी । चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई मार्चमा हुने आफ्नो वार्षिक अधिवेशनको रिपोर्टिङका लागि आमन्त्रण गर्ने भएको छ ।

एनपीसीको दोस्रो सत्र ६ मार्चमा शुरू हुनेछ भने सीपीपीसीसी १४ औँ राष्ट्रिय समितिको दोस्रो सत्र ४ मार्चमा शुरू हुनेछ । एनपीसी स्थायी समिति र सीपीपीसीसी राष्ट्रिय समितिका सामान्य कार्यालयहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, “यी दुई सत्रको समाचार कभरेज मुख्यतया स्थलगत रिपोर्टिङको माध्यम र अन्य विभिन्न माध्यमबाट गर्न सकिनेछ ।” 

दुवै सत्रका लागि सञ्चार केन्द्र फेब्रुअरी २७ देखि खुला रहने विज्ञप्तिमा उल्लेख छ । यी दुई सत्रको कभरेज गर्न चाहने चीनस्थित विदेशी पत्रकारले सञ्चार केन्द्रमा आवेदन दिनुपर्नेछ भने चीनमा नरहेका पत्रकारले आफ्नो देशमा रहेका चिनियाँ दूतावास वा वाणिज्य दूतावास वा चीनको विदेश मन्त्रालयबाट अनुमति प्राप्त भिसा संस्थामार्फत आवेदन दिनुपर्नेछ ।

हङकङ र मकाउका पत्रकारहरूले दुई विशेष प्रशासनिक क्षेत्रहरूमा केन्द्रीय सरकारको सम्पर्क कार्यालयहरूमा आवेदन दिनुपर्नेछ । ताइवानका पत्रकारहरूले राज्य परिषदको ताइवान मामिला कार्यालयमा आवेदन दिनुपर्नेछ । 

आवेदनको लागि अन्तिम समय फेब्रुअरी १८ सम्म तोकिएको छ दुई सत्रको बारेमा थप जानकारी ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनपीसी डट जीओभी डट सीएन’ र ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट सीपीसीसीसी डट जीओभी डट सीएन’ उपलब्ध रहेको बताइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy