सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । उनीहरुको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । “गाउँघरमा अझै पनि आँखामा मोतिविन्दु पालेर बस्न बाध्य छन्, उनीहरुलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौँ, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प्रतिष्ठानसँगको समन्वयमा शल्यक्रिया शिविर सञ्चालन गरेका थियौँ”, उनले भने ।
केन्द्रले जिल्लाका ३३ स्थानमा आँखा शिविर सञ्चालन गरेको थियो । आँखा केन्द्रले फाप्लुमा दुई पटक तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञसहितको उपस्थितिमा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको प्रमुख ताम्राकारले जानकारी दिए। सोलुखुम्बुमै आँखाको मोतिविन्दुको शल्यक्रिया भएपछि बिरामी खुसी भएका छन् । शल्यक्रिया गर्न काठमाडौँ जानुपर्दा हजारौँ रुपैयाँ खर्च हुने तथा झन्झटसमेत हुने भएकाले गाउँदै उपचार भएपछि राहत मिलेको सल्लेरीकी वृद्धा दाटी शेर्पाले बताए ।
उनले भने, “आँखाले राम्रोसँग नदेखेको धेरै भएको थियो, उपचार गर्न पनि काठमाडाँै कहिले पुग्नु, यतिकै बसेकी थिए । बुढेसकालमा अब त आँखा देख्दैन होला भनेको त, फेरि देख्ने भए ।”
दुर्गम क्षेत्रका नागरिक धेरैजसो आँखामा मोतिविन्दु पालेर बस्ने गरेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए। उनले भने, “चेतनाको कमी तथा जिल्लामा आँखाको शल्यक्रिया नहुने भएकाले पनि उनीहरु रोग पालेरै बस्ने गर्छन् । शिविर सञ्चालन भएपछि उनीहरुलाई राहत मिलेको छ ।”
पाँच हजारले लिए नेत्र सेवा
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सन् २०२३ मा पाँच हजार दुई सय २१ जनालाई नेत्र सेवा प्रदान गरेको छ । सेवा पाउनेमा दुई हजार आठ सय छ महिला र दुई हजार चार सय १५ पुरुष रहेका आँखा केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
सेवा लिनेमा चार हजार दुई सय ६१ जना नयाँ र पाँच सय ७९ जना पुराना बिरामी रहेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए। उक्त समयमा दुई हजार तीन जनाले चस्मा समेत बनाएका छन् । चार हजार सात सय १४ जनालाई औषधि वितरण गरिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: