Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

इटहरीका १४ विकासे योजना अलपत्र पारेर निर्माण कम्पनी सम्पर्क विहीन

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको इटहरी उप महानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उप महानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् ।

यसरी निर्माणको कामलाई अलपत्र पार्ने ६ वटा ठेकेदार कम्पनी रहेका छन् । नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा नरहेका हुन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए  ।

त्यसमध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनी भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण गर्ने ठेक्का पाएको थियो । तर सबै काम आधा मात्रै गरेर निर्माण कम्पनी सम्पर्क विहीन भएको हो ।

इटहरी १४ मा रहेको हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ मा रहेको लबीपुर मझरा कालोपत्रे सडक योजना, इटहरी १८ मा रहेको जीतपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सन वाल निर्माण योजना अलपत्र परेका छन् ।

यसै गरी इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी ८को सतन मार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा।लि हात्तीवनले ठेक्का लिएको छ । तर कुनै काम पूरा गरेको छैन । यसका सञ्चालक कुमार गिरी हुन् ।

यसैगरी इटहरी १० को बहुजातिय संग्राहलय प्रेरा गिरी जे।भी हात्तीवन र इटहरी ९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे।भी कम्पनी पनि एउटै ठेकेदार रहेको इटहरी उपमहानगरले जनाएको छ । यी दुवै निर्माण सेवाका सञ्चालक पनि कुमार नै रहेको उपमहानगरले जनाएको छ ।

गिरी सञ्चालक रहेको विभिन्न गरी ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । सार्वजनिक खरिद ऐनले दिएको अधिकारको प्रयोग गर्दै एउटै कम्पनीले धेरै योजना लिएर अलपत्र पारेको देखिएको छ । कानुन अनुसार एउटै कम्पनीले ५ वटा सम्म ठेक्का लिन पाउने प्रावधान रहेको छ ।

यस्तै अन्य योजना अलपत्र पार्ने कम्पनी मध्ये सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा.लि हो । यो कम्पनीले दुई योजनाको ठेक्का जिम्मा पाएको छ । अङ्कित कन्ट्रक्सनले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६को हक्राहा खोलाको बक्स पुल निर्माणको ठेक्का पाएको र काम बिचमै छाडेर सम्पर्क विहीन भएको इटहरी उप महानगरपालिकाका इन्जिनियर घिमिरेले बताए ।

भोजपुरको निर्माण कम्पनी अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटर्नीङ वाल लगाउने काम पनि हुन सकेको छैन ।

खनार प्रहरी चौकी –भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन,घोईन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेको छ ।

इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने कामको ठेक्का पाएको भैरव नारायणम जे.भी नेपालगन्जले काम गर्न सकेको छैन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy