एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई सङ्घीय अनुसन्धान एजेन्सी (एफआइए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा बोलाएको दि एक्सप्रेस ट्रिब्युनले बताएको छ ।
एफआइएले कथितरूपमा जनता र पाकिस्तानी सशस्त्र बलबिच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको छ र फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उनलाई बोलाएको छ ।
एजेन्सीका सहायक निर्देशक अनुसन्धान एजाज अहमद शेखले जारी गरेकाे सूचनामा गृह मन्त्रालयलको अनुरोधमा एफआइए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गर्नुभएको बताइएको छ । एक्सप्रेस ट्रिब्युनले शनिबार दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबिच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको र उनि इस्लामाबादमा एफआइएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ ।
उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सिआरपिसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ अन्यथा कानूनी कारवाही गरिनेछ भन्ने उल्लेख गरिएको थियो । अलिमालाई उक्त सूचना उनको लाहोरस्थित निवासमा प्राप्त भएको छ ।
इमरान खानकी बहिनीले कथितरूपमा समाजमा ‘डर र आतङ्क’ फैलाएको आरोपमा एफआइए साइबर अपराध शाखाले जारी गरेको बोलावटलाई बेवास्ता गरेकी छिन । उक्त सम्बन्धमा जारी सूचनमा अलिमालाई स्पष्टीकरण दिनका लागि शनिबार बिहान ११ बजे एफआइए साइबर अपराध रिपोर्टिङ सेन्टरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार यसअघि एफआइएले कथितरूपमा न्यायाधीशहरू र संस्थाहरूलाई लक्षित गरी दुर्भावनापूर्ण अभियान चलाउनका लागि विभिन्न पत्रकार र सामाजिक सञ्जाल कार्यकर्तासहित ६५ जनालाई बोलाइएको थियो ।
विवरणअनुसार ‘सामाजिक सञ्जालमा प्रधानन्यायाधीश, वरिष्ठ न्यायाधीशहरू र राज्य संस्थाहरू विरुद्ध अपमानजनक र गलत जानकारी दिने नकारात्मक अभियान चलाउने विरुद्ध एफआइए पूर्णरूपमा सक्रिय भएको थियो ।’
यसैबिच पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक पूर्वप्रधानमन्त्री खान कानूनी समस्याहरूको सूचीबाट गुज्रिरहेकाे छ । सन् २०२२ अप्रिलमा अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीबाट बर्खास्त गरिएकाे हाल अडियालामा कारागारमा छन् ।
पाकिस्तानको एक उत्तरदायित्व अदालत (एसी) ले तोशाखाना मुद्दामा इमरान खान र उनकी श्रीमतीलाई १४ वर्षको कारागार सजाय सुनाएको छ । ट्रायल अदालतले पनि ‘गैर–इस्लामिक निकाह’ मुद्दामा खान र उनकी श्रीमती बुशरा बिबीलाई सात वर्षको कारागार सजाय सुनाएको छ ।
यसअघि जनवरी ३० मा आधिकारिक गोप्य ऐनअन्तर्गत गठित विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई सिफर मुद्दामा १० वर्षको कारगार सजाय सुनाएको थियो ।
जनवरीमा पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तान तेहरिक–ए–इन्साफको निर्वाचन चिह्न ‘ब्याट’ हटाउने पाकिस्तानको निर्वाचन आयोगको निर्णयलाई कायम राखेपछि फेब्रुअरी ८ मा हुने निर्वाचनमा पिटिआईको सम्भावना झनै खस्किएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: