एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई सङ्घीय अनुसन्धान एजेन्सी (एफआइए) ले ‘राज्यविरोधी’ भाषणको आरोपमा बोलाएको दि एक्सप्रेस ट्रिब्युनले बताएको छ ।
एफआइएले कथितरूपमा जनता र पाकिस्तानी सशस्त्र बलबिच ‘विभाजन सिर्जना’ गरेको आरोपमा अलिमाविरुद्ध अनुसन्धान सुरु गरेको छ र फेब्रुअरी ६ को बिहान ११ बजे (स्थानीय समय) उनलाई बोलाएको छ ।
एजेन्सीका सहायक निर्देशक अनुसन्धान एजाज अहमद शेखले जारी गरेकाे सूचनामा गृह मन्त्रालयलको अनुरोधमा एफआइए शाखा अधिकृतले अलिमाविरुद्ध अनुसन्धान सुरु गर्नुभएको बताइएको छ । एक्सप्रेस ट्रिब्युनले शनिबार दिएको जानकारीअनुसार सूचनामा अलिमालाई ‘आपराधिक षड्यन्त्र र राज्यविरोधी भाषणमार्फत जनता र सेनाबिच विभाजन सिर्जना गरेको’ आरोप लगाइएको र उनि इस्लामाबादमा एफआइएको मुख्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ ।
उक्त सूचना पाकिस्तानको आपराधिक प्रक्रिया संहिता (सिआरपिसी) को धारा १६० अन्तर्गत जारी गरिएको थियो र अलिमाले सोधपुछमा आफ्नो उपस्थिति सुनिश्चित गर्नुपर्नेछ अन्यथा कानूनी कारवाही गरिनेछ भन्ने उल्लेख गरिएको थियो । अलिमालाई उक्त सूचना उनको लाहोरस्थित निवासमा प्राप्त भएको छ ।
इमरान खानकी बहिनीले कथितरूपमा समाजमा ‘डर र आतङ्क’ फैलाएको आरोपमा एफआइए साइबर अपराध शाखाले जारी गरेको बोलावटलाई बेवास्ता गरेकी छिन । उक्त सम्बन्धमा जारी सूचनमा अलिमालाई स्पष्टीकरण दिनका लागि शनिबार बिहान ११ बजे एफआइए साइबर अपराध रिपोर्टिङ सेन्टरमा उपस्थित हुन निर्देशन दिइएको छ ।
एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार यसअघि एफआइएले कथितरूपमा न्यायाधीशहरू र संस्थाहरूलाई लक्षित गरी दुर्भावनापूर्ण अभियान चलाउनका लागि विभिन्न पत्रकार र सामाजिक सञ्जाल कार्यकर्तासहित ६५ जनालाई बोलाइएको थियो ।
विवरणअनुसार ‘सामाजिक सञ्जालमा प्रधानन्यायाधीश, वरिष्ठ न्यायाधीशहरू र राज्य संस्थाहरू विरुद्ध अपमानजनक र गलत जानकारी दिने नकारात्मक अभियान चलाउने विरुद्ध एफआइए पूर्णरूपमा सक्रिय भएको थियो ।’
यसैबिच पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक पूर्वप्रधानमन्त्री खान कानूनी समस्याहरूको सूचीबाट गुज्रिरहेकाे छ । सन् २०२२ अप्रिलमा अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीबाट बर्खास्त गरिएकाे हाल अडियालामा कारागारमा छन् ।
पाकिस्तानको एक उत्तरदायित्व अदालत (एसी) ले तोशाखाना मुद्दामा इमरान खान र उनकी श्रीमतीलाई १४ वर्षको कारागार सजाय सुनाएको छ । ट्रायल अदालतले पनि ‘गैर–इस्लामिक निकाह’ मुद्दामा खान र उनकी श्रीमती बुशरा बिबीलाई सात वर्षको कारागार सजाय सुनाएको छ ।
यसअघि जनवरी ३० मा आधिकारिक गोप्य ऐनअन्तर्गत गठित विशेष अदालतले पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई सिफर मुद्दामा १० वर्षको कारगार सजाय सुनाएको थियो ।
जनवरीमा पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तान तेहरिक–ए–इन्साफको निर्वाचन चिह्न ‘ब्याट’ हटाउने पाकिस्तानको निर्वाचन आयोगको निर्णयलाई कायम राखेपछि फेब्रुअरी ८ मा हुने निर्वाचनमा पिटिआईको सम्भावना झनै खस्किएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: