काठमाडाैं । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गराउने २७ ओटा मोटरसाइकल चालकलाई कारवाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रुपमा कारवाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै संचालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गर्न थालेको हो ।
जथाभावी रुपमा साइलेन्सर, लाईट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरी मोटरसाइकल चलाउदा सवारी दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको बताएकाे छ ।
स्वरुप परिवर्तन गरि चलाइएका सवारी साधनबाट निस्कने चर्को आवाजले वृद्ध वृद्धा, बालबालिका र संवेदनशिल क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने तथा ध्वनी प्रदुषण समेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्ड अनुरुप राख्न लगाइएको पनि प्रवक्ता भट्टले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरुप परिवर्तन गरी सवारी साधन चलाउदा १,००० देखी १५,००० सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:२१
भीआईपीहरु नआउने खबरले कास्की कारागारलाई राहत
पौष २५ गते, २०८१ - ११:०४
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...
पौष २५ गते, २०८१ - १०:५९
मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...
पौष २५ गते, २०८१ - १०:५९
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
पौष २५ गते, २०८१ - १०:४२
काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...
पौष २५ गते, २०८१ - १०:३२
बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...
पौष २५ गते, २०८१ - १०:२८
काठमाडौं । के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...
पौष २५ गते, २०८१ - १०:१९
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी...
पौष २५ गते, २०८१ - ०९:२७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन...
पौष २५ गते, २०८१ - ०९:२२
राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् । दुई दिनअघि सप्तरीको रुपनीमा ...
प्रतिकृया लेख्नुहोस्: