मुम्बइ । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् ।
कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले उनको टिप्पणीमा ध्यान नदिने बताएका थिए ।
यद्दपी, सन्दीपले हालैको एक अन्तर्वार्तामा कंगनाको तारिफ गर्दै उनीसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । कंगनाले यसको जवाफ दिएकी छिन् । उनले भनिन्– उनी सन्दीपसँग काम गर्न चाहँदैनन् ।
आजकल सन्दीप एनिमलको सफलताको आनन्द लिइरहेका छन् । फिल्मलाई बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा निकै मन पराइएको छ । सबैले तारिफ गरिरहेका छन् । तर, यो फिल्मलाई लिएर धेरै विवादहरु भएका छन् ।
सन्दीपले कंगनासँग काम गर्ने कुरा गरेपछि अभिनेत्रीले यस्तो प्रतिक्रिया दिएकी छन् । कंगनाले ट्वीट गरेकी छिन्– ‘समीक्षा र आलोचना एउटै होइन, हरेक प्रकारको कलाको समीक्षा र छलफल हुनुपर्छ, यो सामान्य कुरा हो । सन्दिपजीले मुस्कुराउँदै मेरो समीक्षालाई जसरी सम्मान दिनुभयो, त्यो देखेर भन्न सकिन्छ कि उहाँ पुरुषार्थी फिल्म मात्र बनाउँदैनन्, उहाँको मनोवृत्ति पनि म्यानली छ, धन्यवाद सर ।’
कंगनाले थप लेखेकी छिन्, ‘तर कृपया मलाई कुनै भूमिका नदिनुहोस् नत्र तपाईका अल्फा पुरुष हिरोहरु नारीवादी बन्ने छन् र तपाईका फिल्महरु पनि पिट्न थाल्नेछन् । तपाईंले ब्लकबस्टरहरू बनाउनुहुन्छ र फिल्म उद्योगलाई तपाईंको आवश्यकता छ।’
सन्दीप रेड्डी वांगाले सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मलाई मौका मिल्यो र उनी मेरो भूमिकामा मिल्दोजुल्दो छ भने म उनी कहाँ गएर कथा सुनाउनेछु। क्वीन र अन्य फिल्ममा उनको अभिनय मलाई एकदमै मन परको थियो, त्यसैले यदि उनले एनिमलको बारेमा नकारात्मक टिप्पणी गरिरहेकी छिन् भने मलाई कुनै समस्या छैन। म रिसाउने छैन किनभने मैले उनको काम देखेको छु। मलाई नराम्रो लाग्दैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: