Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

गाजा अस्पतालबाट आठ हजार विस्थापितलाई निकालियो: रेडक्रस

खबरडबली संवाददाता

एजेन्सी । गाजाको प्रमुख दक्षिणी सहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट करिब आठ हजार विस्थापितलाई निकालिएको रेडक्रसले मङ्गलबार बताएको छ । 

इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी) का प्रवक्ता टोमासो डेला लोङ्गाले पत्रकारहरूसँग भने, “गाजापट्टीमा मानवीय स्थिति भयावह छ ।” उनले प्यालेस्टिनी रेड क्रिसेन्ट (पिआरसिएस) ले सञ्चालन गरेको अल–अमल अस्पताल इजराइली सेनाको लामो घेराबन्दीपछि धेरै हदसम्म खाली गरिएको आइसिआरसीलाई जानकारी गराइएको बताए । 

“खान युनिसमा हाम्रो प्यालेस्टिनी रेड क्रिसेन्ट अस्पतालमा शरण खोज्ने आठ हजार आन्तरिकरूपमा विस्थापित मानिसले हिजो अस्पताल छाडेका छन्”, उनले भने । उनका अनुसार अल–अमल अस्पताल दुई साताभन्दा लामो समयदेखि व्यापक गोलीबारी र लडाइँले घेरिएको थियो । अस्पतालमा धेरै पटक आक्रमण गरिएको भन्दै उनले शुक्रबार भएको आक्रमणमा पिआरसिएसका एक स्वयंसेवक मारिएको जानकारी दिए । 

करिब एक सय कर्मचारी र स्वयंसेवकसँग करिब एक सय वृद्ध, घाइते र अशक्त बिरामी त्यहाँ रहेको आइसिआरसीले बताएको छ । डेला लोङ्गाले निष्कासनअघि अल–अमल अस्पतालले औषधि, खाना र पानीको चरम अभावलगायत धेरै चुनौतीको सामना गर्नुपरेको बताए । “स्टक पुनः भर्न करिब असम्भव थियो”, उनले भने । 

“एसोसिएसनको अल–अमल अस्पताल वरपर लगातार हिंसात्मक बमबारी र गोलीबारी जारी छ”, पिआरसिएसले मङ्गलबार भनेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको नासिर अस्पतालमा पनि अवस्था चिन्ताजनक छ । मन्त्रालयका प्रवक्ता असरफ अल–कुद्राले भने, “इजराइली कब्जाले नासिर मेडिकल कम्प्लेक्समा आफ्नो घेराबन्दी बलियो बनाइरहेको छ र यसको परिधिलाई तीव्ररूपमा लक्षित गरिरहेको छ ।”

उनले कम्प्लेक्समा चार सय ५० घाइते, तीन सय चिकित्सा कर्मचारी र १० हजार विस्थापितले एनेस्थिटिक्स र औषधिको ‘चरम अभाव’ को सामना गरिरहेको बताए । “इन्धनको कमीका कारण नासिर मेडिकल कम्प्लेक्समा जेनेरेटर चार दिनभित्र बन्द हुनेछन्”, उनले भने । उनले इजराइली सेनामाथि एम्बुलेन्सको आवागमन रोकेको आरोप लगाए । 

चार महिनाअघि युद्ध सुरु भएपछि गाजामाथि इजराइली आक्रमणका क्राममा अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरूमा बारम्बार आक्रमण गरिएको छ । 

इजराइली सेनाले हमासमाथि चिकित्सा सुविधाहरूलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको आरोप लगाएको छ । हमासले उक्त आरोपलाई अस्वीकार गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE