Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

अरुण चौधरीसहित ३ जना आज छुट्ने

खबरडबली संवाददाता

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको हो ।

अदालतको आदेशपछि यो प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ । अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप खेल्ने सन्दीपको बाटो खुल्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए सँगै विश्वकप खेल्ने बाटो खुलेको छ । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर ...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छः एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छ...

कर्नालीवासीको आयु बढेकै हो त ?

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ ...

वर्षाैँदेखि प्लास्टिकको बोतलमा चामल भरेर उत्तर कोरिया पठाइ रहेछन् जंग-ओ

किन पठाउँछन उनी प्लास्टिकको बोतलमा चामल ?

क्रिकेटर सन्दीपको मुद्दामा घटनाबारे सीसीटीभी फुटेज हेरेपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै...

व्यास नगरपालिकामा के थियो विवाद र पुनः मतगणना आदेश आयाे ?

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।  व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेक...

चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ

ओलीको प्रश्न-'संसद कांग्रेसले घरबाट ल्याएको हो ?'

एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न कांग्रेस नेताहरुलाई चेतावनी

रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।  ती व्यक्ति दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्ण...

युनियनलाई महासचिव दिएर निर्मलालाई सर्वसम्मत बनाउने प्रयासमा युनियनले झिक्यो बखेडा

काठमाडौं। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २१ मा उद्घाटन गरेको २७...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies