काठमाडौँ । स्पा संघ नेपालको अध्यक्षमा सुरेश पुरी निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा आयोजित संघको तेस्रो साधारण सभामा उनी निर्वाचित भएका हुन् ।
अध्यक्ष पुरी ट्रयांक्विलिटी स्पाका सञ्चालक हुन् । त्यसैगरी, (नमस्ते स्पा) उपाध्यक्षमा विनोद श्रेष्ठ, (नेक्टर स्पा)का महासचिव अमृत थोकर, (जेन स्पा)का सचिव रामदेव महत्तो, कोषाध्यक्ष कैलाशसिंह थारु (किन्जला स्पा), र (स्पा हव) सह-कोषाध्यक्ष सविता अधिकारी ब्यूटी निर्वाचित भएका छन् ।
सदस्यमा (सेरेनेटी स्पा) रामेश्वर भैजु, ( स्पालोन स्पा) कुमार भण्डारी, (ओम शान्ति स्पा) केशव बस्नेत, (ट्रयाक्विलटी स्पा )श्याम कुमार पोख्रेल, (ट्रयांक्विलिटी स्पा) भुवनेश्वर फैँजु, (काठमाडौँ स्पा) नवराज दाहाल,( नेपालय स्पा) सैजिला थिङ र (प्याराडाइज स्पा)का सुर्यबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।
स्पा संघको नयाँ कार्यसमितिको समयावधि दुई वर्ष हुनेछ । यसअघिको कार्यसमितिमा अध्यक्ष सुभलाल थिङ रहेका थिए । स्पा संघ मुलुकभरका स्पा तथा वेलनेस सञ्चालकहरूले स्थापना साझा संस्था हो ।
स्पा तथा मसाजबाट अनैतिक गतिविधि भएको भन्दै स्पा व्यवसायलाई मर्यादित बनाउन संघको स्थापना भएको थियो । साधारण सभामा प्रमुख अतिथि नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले स्पाले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे । सरकारले स्पा व्यवसायीका निम्ति विशेष ऐन बनाएर प्रोत्साह गर्नुपर्ने उनको भनाइ थियो ।
स्पाले मानव शरीरलाई तन्दुरुस्त बनाउने सहयोग गर्ने श्रेष्ठको भनाइ छ । स्पा मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न व्यवसायीले नयाँ-नयाँ स्किम ल्याउनलाई उनले सुझाए ।
विशिष्ट अतिथि पर्यटन विद तथा लेखक कर्ण शाक्यले अलग , फरक र मौलिक तरिकाले जुनसुकै ब्यब्साय गरे सफलता हुने धारणा राखे । पर्यटनको छेत्र मा स्पा ब्यब्साय एउटा प्रचुर सम्भावना बोकेको उनले बताए ।
काठमाडौँ महानगरपालिकाका २६ का अध्यक्ष ख्याम तिवारीले स्पाका लागि चाहिने मापदण्ड बनाउन महानगर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मापदण्ड विपरीत चलेका स्पालाई सुधार्दै लैजान संघका पदाधिकारीलाई आग्रह गरे ।
अतिथि ठमेल पर्यटन परिषदका अध्यक्ष भवीश्वर शर्मा, अतिथि विशाल ढकाल र नेपाल पर्यटन बोर्डका सदस्य सुमन घिमिरेको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: