महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभावमा मुलुकले विकासको गति लिन नसकेको बताएका छन् ।
महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशिला परिवारको २१औँ वार्षिकोत्सव समारोहको विहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार निर्मम तरिकाले प्रस्तुत भएको बताए ।
“मुलुकको विकासको मुख्य बाधक भनेकै भ्रष्टाचार र कुशासनको जालो हो, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसविरुद्ध सरकारले काम थालेपछि जालीहरुका आँगनमा कोकोहोलो मच्चिएको छ । त्यसैले पछिल्ला केही दिनयता जाली तमसुकको लुट मच्चाउने अनुचित लाभ लिने ‘मिटरब्याजी’, सरकारी कार्यालयमा बिचौलिया बनेर कमाउ धन्दा चलाउनेलाई कारबाहीको दायरमा ल्याइन्छ ।”
आधारशिला श्रमजीवी जनताको आस्थाको केन्द्र भएको हुँदा यो ठाउँबाट सामाजिक फट्याइँ, धुर्त्याइँ र जालझेलविरुद्ध सम्झौताविहीन आन्दोलनको नेतृत्वको अपेक्षा सर्वसाधारणले राखेका उनले उल्लेख गरे ।
“सरकार मिटरब्याजी, भ्रष्टाचारी र कुशासनविरुद्ध परिणाममुखी काममा लागेको छ,” आधाशिला परिवारका मुख्य संरक्षकसमेत रहेका श्रेष्ठले भने, “पछिल्लो पटक ठूला अनियमितताका ‘फाइल’ खोलिँदै गएपछि जालझेल गर्नेहरू सरकारका कामलाई निष्प्रभावी बनाउन उद्यत् छन् तर सरकारले भ्रष्टाचारविरुद्धको कामलाई परिणाममा पुर्याएर छाड्नेछ ।”
आधारशिलाको २१औँ वार्षिकोत्सव समारोहमा यस परिवारका संस्थापकमध्येका एक पूर्वमन्त्री गिरिराजमणि पोखरेलले सहभागीलाई स्वागत गरेका थिए । समारोह आधारशिला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - २०:५८
काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...
आश्विन ६ गते, २०८१ - २०:४७
बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...
आश्विन ६ गते, २०८१ - २०:३८
चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...
आश्विन ६ गते, २०८१ - २०:३१
एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...
आश्विन ६ गते, २०८१ - २०:२२
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...
आश्विन ६ गते, २०८१ - २०:१७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आइतवार सिंहदरबारमा संव...
आश्विन ६ गते, २०८१ - १९:२२
विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संय...
आश्विन ६ गते, २०८१ - १९:१९
क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...
आश्विन ६ गते, २०८१ - १९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...
आश्विन ६ गते, २०८१ - १९:०८
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...
प्रतिकृया लेख्नुहोस्: