Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग

खबरडबली संवाददाता

काठमाडौँ ।  एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ ।  सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा.उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन् ।

डा शाक्यले गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरको धमनीको बनावटमा गडबढी भएर जन्मिदै बच्चालाई मुटुको रोग लाग्ने गरेको बताइन् । जन्मजात मुटुको बिरामीमा मुटुको पर्दामा प्वाल पर्ने, मुटुका मुख्य धमनी साँघुरिने तथा भल्भ आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनी उल्टोपाल्टो भएर निस्कने, मुटुको दायाँ वा वाँया भाग अविकसित हुने गर्दछ । 

असाधारण स्वास्थ्य अवस्था रहेका बालबालिकाको मुटु रोगको कारणले धेरै मुत्यु हुने गरेको उनले बताइन् । शिशु गर्भमा रहेको बेला गर्भवतीले उचित खानपिन र पौष्टिक आहारमा ध्यान दिने, चुरोट सेवनलाई रोक्नुपर्दछ । 

उनका अनुसार मुटुको पर्दामा सानो प्वालदेखि लिएर धेरै जटिल विकृति हुन सक्छ । करिब दुई तिहाईमा लक्षण जन्मेको एक महिनाभित्र देखापर्ने र एक तिहाई शिशुको समयमा नै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुने उनले बताइन् । 

डा शाक्यले १० प्रतिशत मात्र मुटु रोगमा कारण पत्ता लाग्ने उनले बताइन् । जन्मिदै मुटु रोग हुने बच्चामा उमेरअनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने, जीउ सुन्निने जस्ता समस्या देखिने गर्दछ । 

बच्चा नीलो हुने 

जन्मजात मुटुमा समस्या भएका बच्चा नीलो हुने र निलो नहुने गर्दछन् ।  निलो भएर जन्मिने बच्चा जटिल प्रकार प्रकृतिको हुने केन्द्रका बाल मुटुरोग सर्जन डा रविन्द्रभक्त तिमलाले जानकारी दिए । 

जन्मिदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि निलो भएर आउने बच्चामा मुटु रोगको समस्या हुने गरेको उनले बताए ।  रुने बेलामा वा बल प्रयोग गर्दा निलोपना झन बढ्ने, सास छिटोछिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता पनि मुटु रोगका समस्या हुन् । 

यसैगरी मुटुको चाल अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो सास फेर्ने, राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै छटपटाइरहने, रुँदा केही नीलो देखिने, छिटोछिटो कडा निमोनिया भइरहने, दैनिक क्रियाकलाप समस्या देखापर्नु पनि मुटुको समस्या हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

आजदेखि फेरि वर्षा हुँदै

काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ । जल तथा मौसम विज्ञान...

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending