Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

पन्ध्र वर्षपछि ढोरपाटनको जैमिनी-बरेङ-शान्तिपुर सडक कालोपत्र हुँदै

खबरडबली संवाददाता

ढोरपाटन । दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको  १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । 

पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र  कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो ।

पहिलो खण्ड निर्माणको जिम्मा पाएको शर्मा क्याराभान जेभीले तीनपटक म्याद थप्दा पनि कालोपत्र गर्न सकेको छैन । लामो समयदेखि सडक कालोपत्र नहुँदा हिलो र धुलोले सडक वरपरका स्थानीय आजित भएका छन्भने यात्रुले सास्ती खेप्दै आएका छन् । विसं २०७८ मा सक्ने गरी जिम्मा पाए पनि निर्माण कम्पनीले हालसम्म ६२ प्रतिशत मात्रै काम गरेको छ । २४ करोड ५८ लाख लागतमा यस खण्ड कालोपत्र गर्न थालिएको हो ।

दुई वर्षअगाडि नै सक्नुपर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए । दश किलोमिटर पर्ने यस खण्डमा अहिले बल्ल कालेपत्र गर्नका लागि ‘बेस’को काम गरिरहेको उनी बताउछन् । यसको म्याद असार मसान्तसम्म रहेको उहाँको भनाइ छ । पर्याप्त कामदार लगाए मात्रै असारसम्म काम सम्पन्न गर्न सकिने उनले जानकारी दिए ।

दोस्रो खण्ड बरेङसम्म ११ किलोमिटर पर्छ ।  यस खण्डको हालसम्म करिब सात किलोमिटर ढलान र कालोपत्र भएको इन्जिनियर श्रीले जानकारी दिए । विसं २०७८ असार ३० गते सम्झौता गरी गत असार मसान्तसम्म पुग्नुपर्ने भए पनि अझै चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको उनले बताए । असार मसान्तमै म्याद सकिए पनि अहिलेसम्म म्याद थप भएको छैन । निर्माण कम्पनीले सडकमा कामदार खटाएको हुँदा म्याद थप गर्ने प्रक्रियामा रहेको श्रीसको भनाइ छ । यस खण्ड ३४ करोड २५ लाखमा कालोपत्र गर्न थालिएको हो । 

“पहिलो खण्डको काम अझै धेरै बाँकी छ, तेस्रो पटक म्याद थप भएको हुँदा निर्माण कम्पनीले अहिले जसरी पनि सक्नुपर्ने हुन्छ, हालसम्म ६२ प्रतिशत काम भएको, असार मसान्तसम्म म्याद रहेको छ,” इन्जिनियर श्रीसले भने, “दोस्रो खण्डको केही काम मात्र बाँकी छ, धेरै जसो सम्पन्न भएको छ, सरासर गर्यो भने चैत मसान्तसम्म सकिने छ, अहिले काम गरिरहेको हुँदा म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ, चालु वर्षको अन्त्यसम्म दुवै खण्डका निर्माण कम्पनीले काम सकाउनुपर्ने हुन्छ ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले यस सडक स्तरोन्नतिपछि दक्षिण बागलुङका नागरिक जिल्ला सदरमुकाम पुग्न सहज हुनाका साथै छिमेकी जिल्लासँगको सम्बन्ध थप बलियो हुने बताए । सडकलाई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई सघाउँदै आए पनि ढिलाइ गरेको उनको भनाइ छ । अहिले कामदार ‘फिल्ड’ मा खटाएको हुँदा यस वर्ष काम सकिने आशा पलाएको शर्माले बताए । सडक कालोपत्रले घण्टौँका यात्रालाई छोट्याउने र यात्रालाई सहज बताउने उनले बताए ।

उपप्रमुख शर्माले भने, “सडक खुलेको धेरै वर्ष भयो, विभिन्न कारणले अहिलेसम्म कालोपत्र हुन सकेको छैन, तर यस वर्ष काम सकिनेमा हामीहरु आशावादी छौँ, यो धेरै महत्वपूर्ण सडक भएको हुँदा छिटो काम सक्नका लागि हामीहरुले धेरै आग्रह ग¥यौँ, अहिले केही गति लिएको छ, सडक कालोपत्रपछि जैमिनी र बरेङसँगै गुल्मीसम्मका नागरिकलाई आवतवाजतका निकै सहज हुनेछ, अघिल्लो वर्ष माथिल्लो खण्डमा धेरै काम भएको थियो, तल्लो खण्डमा काम सुस्त छ, यो सडक यहाँको समृद्धका लागि कोसेढुङ्गा साबित हुनेछ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending