काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाइनुपर्ने बताएकी छन् । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत सबै क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् ।
“हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो हो, तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्या बनेको छ”, मन्त्री शर्माले भनिन्, “सरकारी क्षेत्र–क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायत धेरै समस्या देखिएका छन् ।”
परिवर्तित राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य शर्त हो ।”
कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि क्षेत्रको विकासबाट मुलुकको समृद्धि सम्भव रहेको जनाउँदै उहाँले यी क्षेत्रमा उत्पादन वृद्धि गरेर त्यसबाट आउने प्रतिफलको हिस्सेदार आमजनतालाई बनाउनुपर्ने बताइन् । उनले भनिन– “दलाल पूँजीवादले राज्य वा सार्वजनिक सम्पत्तिको दोहन र जनताको श्रमको शोषण गरेर त्यसबाट प्राप्त प्रतिफल निश्चित व्यक्तिले बाँड्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ तर त्यसको ठीक विपरीत सामूहिक लगानी र सामूहिक प्रतिफलमा आधारित राष्ट्रिय पूँजीको निर्माण गर्दा समाजवादी अर्थतन्त्रको आधार तयार पार्न सकिन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।”
आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पूँजीपतिको आत्मविश्वास बढाउँदै उनीहरुलाई लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको मन्त्री शर्माले स्पष्ट गरिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८१ - ०८:५०
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका स...
जेष्ठ १ गते, २०८१ - ०७:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । जेठ २ गतेसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवे...
जेष्ठ १ गते, २०८१ - ०७:५१
काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपा...
जेष्ठ १ गते, २०८१ - ०७:४३
काठमाडौं । नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् । आज सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको बेला संस...
जेष्ठ १ गते, २०८१ - ०७:१७
कास्की । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्...
जेष्ठ १ गते, २०८१ - ०७:१३
नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् । सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्...
जेष्ठ १ गते, २०८१ - ०६:५०
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर...
जेष्ठ १ गते, २०८१ - ०६:३९
काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर गरिएका क्रिकेटर सन्दीप लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । यसअघि गत वैशाख २३ गतेको पेसी सूचीमा चढे पनि...
जेष्ठ १ गते, २०८१ - ०६:३८
अछाम । अछामको चाफामाडौंको चिलेत्रामा आकर्षक घर छन् तर रित्ता । बस्न योग्य छन् । तर कोही बस्दैन । बस्न पाएको छैन । बाढीपहिरोको जोखिमका दलित परिवारका ला...
जेष्ठ १ गते, २०८१ - ०६:३२
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै स...
प्रतिकृया लेख्नुहोस्: