Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षको उपलब्धि सार्वजनिक

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक वर्षे कार्यकाल राजनीतिक, प्रशासनिक सहकार्य एवं समन्वयको दृष्टिकोणबाट  उपलब्धिपूर्ण भएको बताएका छन् । 

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारको एक वर्षे उपलब्धी सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले विभिन्न कठिनाइ र चुनौतीका बीच जनताको अपेक्षामा खरो रुपमा उत्रिन भने नसकिएको स्वीकार गरे । 

देशमा सङ्घीयताको अभ्यास भएको आठ वर्ष पूरा हुँदा पनि संविधान प्रदत्त अधिकारहरुको प्रत्यायोजनमा समस्या आउँदा प्रदेश सरकारले जनताको इच्छा आकांक्षाको संवोधन गर्न केही कठिनाइ महसुस भएको मुख्यमन्त्री शाहले बताए । उनले भने, “प्रदेश प्रमुख, सभामुख, प्रदेशसभा सदस्य, पालिका तहका जनप्रतिनिधि, प्रशानिक नेतृत्व र राजनीतिक दलसँगको बढेको आपसी विश्वास र सहयोगबाट नै आफ्नो कार्यकालको सफल भएको ठानेको छु ।” 

प्रदेशको विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ छ । सो अवसरमा सार्वजनिक गरिएको प्रदेश सरकारको एकवर्षे कार्यकालको कार्यप्रगति विवरणमा सरकारबाट प्रवाह हुने सेवा र शासकीय प्रबन्धमा आवश्यक पर्ने नीतिगत तथा कानुनी व्यवस्थाका लागि पाँच वटा संशोधन विधेयक प्रदेशसभामा पेश गर्ने, दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने, दुई नियमावली, आठ कार्यविधि, तीन मापदण्ड निर्माण जस्ता कामलाई नीतिगत सुधारका लागि गरिएको कामका रुपमा उल्लेख गरिएको छ ।

प्रदेश निजामती ऐनमा संशोधन गर्नका लागि विधेयक पेश गर्ने तयारी, स्थानीय सेवा सञ्चालनसम्बन्धी विधेयकको तयारी, प्रदेश गौरवलगायत विकास आयोजना समयमै सम्पन्न गर्न दिइएको निर्देशन, प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन २०८० कार्यान्वयन, भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा भारतलगायत तेस्रो मुलुकबाट आउने यातायातका साधनको अस्थायी अनुमति दिने व्यवस्था लगायतलाई पनि उपलब्धिका रुपमा लिइएको छ । 

यस्तै वित्तीय व्यवस्थापन, कृषि तथा पशुपंक्षी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, खेलकुद र सीप विकासलगायत क्षेत्रमा पनि सुधार भएको उल्लेख छ । ऊर्जाको क्षेत्रमा निजी लगानी प्रवर्द्धन गर्ने प्रयोजनका लागि स्थानीय र सङ्घीय सरकारसँग सहकार्य थालिएको, सेती, कर्णाली, चैनपुर दोधारा ४०० किलो भोल्टको प्रसारण लाइनको डिपीआर निर्माणाधीन रहेको, दोधारा, बरेली, लम्की बरेली अन्तरदेशीय प्रसारणलाइनको प्रक्रिया थालनी गरिएको, पश्चिम सेती जलविद्युत् आयोजनाको डिपीआरका लागि सुरुङ शिलान्यास गरिएको कामलाई पनि सरकारले उपलब्धिको रुपमा लिएको छ ।  

पत्रकार सम्मेलन आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा चालु आव २०८०/८१ मा सरकारको पूँजीगत र चालु खर्चमा सुधार आएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending