Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

सगरमाथामा मलमूत्र छाड्न नपाइने

खबरडबली संवाददाता

काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए ।

उनले भने, “आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न विभागले कार्यविधि बनाइरहेको छ ।”

आरोहीले आधार शिविरमाथि विसर्जन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन । त्यसले एकातर्फ हिमालललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएको समयमा यस्ता किसिमका फोहोरबाट हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेट्न लागेको उनले बताए। सर्वोच्च शिखरलाई सफा राख्ने प्रयास स्वरूप यो कदम चालिएको बताउँदै उनले आगामी याममा नेपाली सेनाले हिलारी स्टेप, ल्होत्सेलगायतका क्षेत्रमा रहेका पाँच वटा मानव शव र फोहोर सङ्कलन गर्ने जानकारी दिए।

सगरमाथा क्षेत्रको सरसफाइमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले समेत काम गरिरहे पनि सफाइका लागि पुग्न नसकिने र आरोहीले बोकेर ल्याउँदा जोखिम रहेको क्याम्प फोर भनिने साउथ कोल क्षेत्रमा मानव मलको समस्या देखिएको उनको भनाइ छ ।

समुद्री सतहभन्दा सात हजार ९०६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो । उक्त क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र विसर्जन गर्दै आएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आगामी सिजनबाटै सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीलाई दिसा बोक्ने झोला दिएर पठाइने जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending