काठमाडौँ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए ।
उनले भने, “आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न विभागले कार्यविधि बनाइरहेको छ ।”
आरोहीले आधार शिविरमाथि विसर्जन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन । त्यसले एकातर्फ हिमालललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएको समयमा यस्ता किसिमका फोहोरबाट हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेट्न लागेको उनले बताए। सर्वोच्च शिखरलाई सफा राख्ने प्रयास स्वरूप यो कदम चालिएको बताउँदै उनले आगामी याममा नेपाली सेनाले हिलारी स्टेप, ल्होत्सेलगायतका क्षेत्रमा रहेका पाँच वटा मानव शव र फोहोर सङ्कलन गर्ने जानकारी दिए।
सगरमाथा क्षेत्रको सरसफाइमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले समेत काम गरिरहे पनि सफाइका लागि पुग्न नसकिने र आरोहीले बोकेर ल्याउँदा जोखिम रहेको क्याम्प फोर भनिने साउथ कोल क्षेत्रमा मानव मलको समस्या देखिएको उनको भनाइ छ ।
समुद्री सतहभन्दा सात हजार ९०६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो । उक्त क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र विसर्जन गर्दै आएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आगामी सिजनबाटै सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीलाई दिसा बोक्ने झोला दिएर पठाइने जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: