वीरेन्द्रनगर । निर्माणको जिम्मा लिएको सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार पुग्ने मंगलगढी–काँक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास निर्देशनालयले अमर–सिस्ने नेपाल–मेघा कम्पनीको धरौटी रकम जफत गरेको हो ।
निर्देशनालयका सूचना अधिकारी हरिशर्मा धितालले समयमै काम नगरेका कारण सो निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको बताए । कम्पनीको ८७ लाख रकम जफत भएको छ । धेरै पटक ताकेदा गर्दा पनि काम नगरेपछि कम्पनीले जम्मा गरेको धरौटी रकम जफत गरिएको हो ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मंगलगढी चोकदेखि लाटीकोइलीको शिवमन्दिसम्मको सडक अलपत्र पर्दा नागरिकले सास्ती बेहोर्नुपरेको छ । सडक विस्तारको काममा ढिलाइ भएको भन्दै स्थानीयले पटक-पटक संघर्षका कार्यक्रम गर्दै आएका छन् ।
यो सडकको काम यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर अघि बढाएका थिए । तर अहिले निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो । पछिल्लो पटक २०७८ मा पुनः सम्झौता गरिएको थियो ।
कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मंसिर मा अमर–सिस्ने नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको थियो ।
२०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको थियो । तर यसपटक थपिएको म्याद समेत गुज्रिन थालिसकेको छ । सो कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
२ हजार ४ सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार कम्पनीले हालसम्म २ करोड ७७ लाख रूपैयाँ भुक्तानी लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: