बझाङ । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उनी चर्चाको शिखरमा पुगेका हुन् ।
खप्तडछान्ना गाउँपालिका स्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्प तर्फ स्वर्ण पदक जितेका हुन् । पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारेका थिए । अहिले उनलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् ।
एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “ओएमजी १ खप्तड ९खप्तडछान्ना गाउँपालिका०को उड्ने चरो रहेछ त । प्वाख फिटिङ गरेको छ कि क्या हो ।” त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन्, “यो भाइ त चरो हो । चरोको जस्तै उड्छ । म त यिनको फ्यान भइसकेँ”, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइरहेका छन् ।
सागर खप्तड माविमा कक्षा ९ मा पढ्छन् । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहेकाउनले विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्छन् । उनी भन्छन्, “मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।”
उनका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उनी एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्थे । “यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम ग¥यो ।” सागरले भने ।
को हुन् सागर ?
चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँ दिल्ली गए । पछि आमासहित दाइ दिदीहरू गएपछि उनहरूको बाल्यकालको समय भारतमै बित्यो ।
किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घुमाउँथे । सागर जन्मपछि भने उनीहरूको बसाइ भारतमै भयो । घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उनीहरु दिल्लीमा बस्न थाले ।
सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत गएका थिए । भारतमा पनि उनीहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन । “भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे”, विपनाले भनिन् ।
“मैले दुःखसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ”, उनले भनिन्, “त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो । बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराए ।”
विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिन्छन् । उनले भनिन् “भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ ।” पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: