काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा बुधबार अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए ।
“एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रुपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन”, उनले भने, “एमालेलाई सवल राष्ट्रिय शक्तिबाट निर्णायक ढङ्गले सुदृढ राष्ट्रिय शक्तिका रुपमा विकास गर्न अभियान पार्टीका छ ।” उनले मिसन–२०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने अभियान पनि रहेको बताए ।
अध्यक्ष ओलीले समय गतिशील रहेकाले पार्टीमा युवा विद्यार्थीको पुस्तान्तरण र हस्तान्तरण गरिने बताए । “पार्टीमा कार्यक्षमता, सक्रिय, योग्यता, भारवहन क्षमताका आधारमा पुस्तान्तरण र हस्तान्तरण हुन्छ”, उनले भने ।
उनले अहिले नयाँ राजनीतिक दलको सिद्धान्त समाजवाद वा पुँजीवाद के हो भन्ने थाहा नभएको बताए । उनले युवा विद्यार्थीलाई समाजले मनपराउने र स्वीकार गर्नसक्ने खालका क्रियाकलाप गर्न सुझाव दिए । “जनताले मन नपराउने, आलोचित र घृणा गर्ने कुरा नगर्नुहोस्”, उनले भने, “कुन चिज कहाँ गर्ने कसरी प्रयोग गर्ने भन्ने कुरा समाजले स्वीकार गर्न खालेको हुनुपर्दछ ।”
उनले कार्ड देखाएर विद्यार्थीको परिचय हुन नसक्ने भन्दै विद्यार्थीमा दयालु, मुस्कानसहितको व्यवहार हुनुपर्नेमा जोड दिए । एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इञ्चार्ज किशोर विक्रम मल्लले विद्यार्थी आन्दोलन कमजोर भइरहेकाबेला अनेरास्ववियुले रचनात्मक ढङ्गबाट क्रियाकलाप अगाडि बढाउनुपर्ने बताए ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले सङ्गठनलाई शैक्षिक आन्दोलनमा केन्द्रित गर्ने बताए । बैठक यही फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: