काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन । उनले भनिन्, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन ।”
परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ ।
परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताइन् । परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ ।
यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार सात सय १६ जनाले आवेदन दिएका जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १६:३३
सियोल । दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सूलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि ...
पौष ११ गते, २०८१ - २०:५६
काठमाडाैं । नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । १६ पुससम्मका लागि निर्धारण गरिएको अभियान १६ माघमा समापन गर्ने गरी समयाव...
पौष ११ गते, २०८१ - २०:४६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताएका छन् । माओ दिवसको अ...
पौष ११ गते, २०८१ - २०:४०
गुल्मी । गुल्मी तम्घासमा दुई बालिकालाई होटलमा लगेर बलात्कार गर्ने युवा पुर्पक्षका लागि जेल चलान भएका छन् । बलात्कारको आरोपमा प्रहरीले मालिका गाउँपालि...
पौष ११ गते, २०८१ - २०:३६
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एक बालिका बलात्कृत भएकी छिन् । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्रा...
पौष ११ गते, २०८१ - २०:३४
काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ । यस वर्षका लागि कोरियाले दुई लाख २० हजार कोटा छुट्याएको...
पौष ११ गते, २०८१ - २०:२५
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेक...
पौष ११ गते, २०८१ - २०:१३
माेरङ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला जनताको घरदैलोमै पुगेर समस्या र सुझाव संकलनको कामलाई तीव्रता दिएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवा...
पौष ११ गते, २०८१ - २०:०७
किमाथाङ्का । जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ कर...
पौष ११ गते, २०८१ - १९:५४
काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठक...
प्रतिकृया लेख्नुहोस्: