Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चिनियाँ विद्यार्थीको ‘उत्पीडन’ अन्त्य गर्न अमेरिकासँग बेइजिङको आग्रह

खबरडबली संवाददाता

काठमाडौं ।  चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गरेका छन् ।

यात्राका लागि वैध कागजात भएका चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ गर्ने गरेको र निर्वासनको सामना गर्नुपरेको बेइजिङले बारम्बार आरोप लगाउँदै आएको छ ।

गत महिना वासिङ्टनस्थित दूतावासले चिनियाँ यात्रुलाई राजधानीको डुलेस विमानस्थलबाट टाढै रहन भनेको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताको पूर्वसन्ध्यामा वासिङ्टनले ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्नुपर्ने’ बेइजिङले बताएको छ ।

मेयरकाससँगको भेटमा वाङले संयुक्त राज्य अमेरिकालाई ‘चिनियाँ नागरिकहरूले उचित प्रवेश व्यवहार र पूर्ण सम्मानको आनन्द लिने सुनिश्चित गर्न’ आग्रह गरेका थिए । 

वाङले चीनलाई लागुऔषध ओसारपसार गर्ने वा उत्पादन गर्ने प्रमुख देशको सूचीमा राख्ने अमेरिकी निर्णयलाई ‘सच्याउन’ मेयरकासलाई दबाब दिए ।

हेरोइनभन्दा कैयौं गुणा शक्तिशाली र संयुक्त राज्य अमेरिकामा वर्षेनी ७० हजारभन्दा बढी मानिसको मृत्यु हुने फेन्टानिलको व्यापारमा चीनको संलग्नता रहेको अमेरिकी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् ।

गत महिना बेइजिङमा अमेरिकी र चिनियाँ अधिकारीहरूले फेन्टानिल बनाउने सामग्रीको उत्पादन रोक्न सहकार्य गर्न सहमत भएका थिए ।

आइतबारको वार्ताको एक अमेरिकी विज्ञप्तिमा भनिएको छ, “वाङ र मेयरकासले पूर्ववर्ती रसायनहरूको फैलावट रोक्न आवश्यक कदमहरूबारे स्पष्ट र रचनात्मक छलफल गरेका थिए ।”
दुवै पक्षले कानून कार्यान्वयन सहयोग, वैज्ञानिक र अन्य विशेषज्ञहरूबीच प्राविधिक द्विपक्षीय आदानप्रदान, अग्रगामी रसायनहरूको तालिका र बहुपक्षीय सहयोगलाई अगाडि बढाउने सम्बन्धमा पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

वासिङ्टन र बेइजिङले बालबालिकालाई अनलाइन बाल यौन शोषण र दुव्र्यवहारबाट जोगाउने लडाइँमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल गरेका छन् ।

वासिङ्टनले बेइजिङसँग वार्तालाई अघि बढाएपछि चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध विगत एक वर्षमा गहिरो भएको छ ।

तर चीन सरकार अझै पनि उन्नत सेमीकन्डक्टरको निर्यातमा प्रतिबन्ध र चिनियाँ फर्म र व्यक्तिहरूमाथि प्रतिबन्धसहित अमेरिकी उपायहरूको विरोध गर्दछ ।

गत साता म्युनिखमा भएको वार्तामा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले ‘गैरकानुनी एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने’ बताएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकालाई चिनियाँ नागरिकमाथि अवाञ्छित उत्पीडन र सोधपुछ बन्द गर्न पनि आग्रह गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending