मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे बस्ने बताएका छन् । उनले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
सभामुख पाठकले विहीबार संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक एवं राष्ट्रिय महत्वको विषयमा कार्यसुची तयार गर्न फागुन १३ गते अपरान्ह् २ बजे संसद्मा रहेका सत्ता पक्ष र प्रतिपक्ष दल सम्मिलित सर्वदलीय बैठकको आयोजना गरिने भएको जानकारी दिए ।
उनले प्रदेशसभाको बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र राष्ट्रिय सरोकारका विषय संसद्को विभिन्न समितिमा छलफलका लागि पठाइएको बताए । विधेयकमाथि छलफल भई प्रतिवेदनका रुपमा तयार भएका विधेयकलाई बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्न फागनु १४ गते दिउँसो १ बजे प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठकको आह्वन गरिएको सभामुख पाठकले जानकारी दिए ।
गत असोज २२ गते बागमती प्रदेशसभाको १२औँ अधिवेशन बैठकले दुई विधेयक पारित गरी गत असोज २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिनको राति १२ बजेदेखि संसद्को १२औँ अधिवेशन अन्त्य गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...
पौष ८ गते, २०८२ - १८:०९
कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...
पौष ८ गते, २०८२ - १८:०५
बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...
पौष ८ गते, २०८२ - १८:०२
महोत्तरी । आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...
पौष ८ गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...




प्रतिकृया लेख्नुहोस्: