Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ: नेता कोइराला

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताएका छन् । उनले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गरे । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको विहीबार  समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म आइपुग्दा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य तथा त्यस्ता व्यक्ति, घटना र मोडको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी हुनुपर्ने बताए । 

उनले इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशानिर्देश गर्ने नेताको स्मरण गर्दै अग्रजहरुले राष्ट्र निर्माणका लागि  सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने उल्लेख गरे । कांग्रेस आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यउन्मूख भएरै अगाडि बढ्नुपर्ने नेता कोइरालाको भनाइ थियो । पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनःस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनले सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति भएको उनले उल्लेख गरे । 

देशभित्र उठेका मुद्दा र पार्टीलाई सुधार गर्ने विषयमाथि पार्टीले गम्भीर भएर छलफल गर्नुपर्ने, कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने, आम नागरिक आर्थिक कठिनाई, महङ्गी, बेरोजगारी, दण्डहिनता र भ्रष्टाचारको अन्त्य हुनुपर्ने उनले बताए । कांग्रेस सहमहामन्त्री जीवन परियारले पार्टीका केन्द्रीय नेताहरु स्थानीय तहबाट प्रतिनिधि भएर आउनुपर्ने प्रवृत्तिबारे बैठकमा गम्भीर ढङ्गले उठेको बताए । उनले जनताका समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उल्लेख गरे । 

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेस आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताए । “हामी सङ्गठित बनौँ, ठूलो पार्टीमात्र होइन, बहुमतप्राप्त पार्टी बन्न सक्छौँ,” उनले भने । कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले तीनै तहको सरकारलाई अधिकारसम्पन्न बनाएर अगाडि बढ्नुपर्ने बताए । “संविधानसभाबाट जारी भएको संविधानको रक्षा गर्दै आर्थिक क्रान्तिको बाटो कांग्रेसको नेतृत्वमा सम्पन्न गर्नुपर्छ,” उनले भने । 

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बैठकपछि जाँदा आगामी २०८४ सालमा हुने निर्वाचनमा पार्टीलाई जिताउने गरी उत्साह लिएर जान आग्रह गरे । उनले महासमितिका राम्रा कुरा आम जनतामाझ लैजानुपर्नेमा जोड दिए । कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले लामो इतिहास बोकेको कांग्रेसलाई अगाडि बढाउने जिम्मा नयाँ पुस्ताको भएको बताए । उनले पार्टीलाई बलियो बनाउनका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE