चितवन । भरतपुर महानगरपालिका–१७ मा सिँचाइका लागि दुई डिप बोरिङ र १८ वटा स्यालो ट्युबेल निर्माण गरिएको छ । एक सय ७० बिघा क्षेत्रफल सिँचाइ गर्नका लागि निर्माण गरिएका डिप बोरिङ र स्यालाट्युबेलको आज उद्घाटन गरिएको हो ।
महानगरप्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच ती सिँचाइ आयोजनाको उद्घाटन गरेकी हुन् । १८ वटा स्यालो ट्युबेल निर्माणका लागि चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले रु एक करोड ३५ लाख र दुईवटा डिप बोरिङ निर्माणका लागि रु एक करोड ५८ लाख खर्च गरेको छ । सिँचाइका लागि डिप बोरिङ र स्यालो ट्युबेल उद्घाटन भएसँगै स्थानीय उत्साहित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरभित्र सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको बताइन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी ल्याएको उनको भनाइ थियो ।
महानगर प्रमुख दाहालले भनिन्, “पहिलाको सुख्खाग्रस्त ठाँउ हाराभरा भएका छन् । एक बाली हुने ठाँउमा चार किसिमका बाली हुन थालेका छन् ।” भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङ्गा घोल सिँचाइ परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा बाह्रैमहिना सिँचाइ पुगेको उनले बताइन् ।
महानगर क्षेत्रभित्र सिँचाइ आयोजनाबाट ५० वटा डिप ट्युबेल, तीन सय ३० स्यालो ट्युबेल र महानगरले सात सय बढी स्यालो ट्युबेल निर्माण गरिरहेका प्रमुख दाहालले जानकारी दिइन् ।
कार्यक्रममा भूमिगत सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाइका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएका बताए । भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाइ गरी बाली लगाउने अवस्थाको अन्त्य भएको उनको भनाइ थियो ।
भरतपुरमा भएका ट्युबेलले कूल छ हजार एक सय २० बिघा क्षेत्रफलमा सिँचाइ हुने आयोजनाका प्रमुख स्याङ्बोले जानकारी दिए । उनका अनुसार यहाँका कृषकले नारायणी लिफ्ट र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा लिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: