चितवन । भरतपुर महानगरपालिका–१७ मा सिँचाइका लागि दुई डिप बोरिङ र १८ वटा स्यालो ट्युबेल निर्माण गरिएको छ । एक सय ७० बिघा क्षेत्रफल सिँचाइ गर्नका लागि निर्माण गरिएका डिप बोरिङ र स्यालाट्युबेलको आज उद्घाटन गरिएको हो ।
महानगरप्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच ती सिँचाइ आयोजनाको उद्घाटन गरेकी हुन् । १८ वटा स्यालो ट्युबेल निर्माणका लागि चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले रु एक करोड ३५ लाख र दुईवटा डिप बोरिङ निर्माणका लागि रु एक करोड ५८ लाख खर्च गरेको छ । सिँचाइका लागि डिप बोरिङ र स्यालो ट्युबेल उद्घाटन भएसँगै स्थानीय उत्साहित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरभित्र सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको बताइन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी ल्याएको उनको भनाइ थियो ।
महानगर प्रमुख दाहालले भनिन्, “पहिलाको सुख्खाग्रस्त ठाँउ हाराभरा भएका छन् । एक बाली हुने ठाँउमा चार किसिमका बाली हुन थालेका छन् ।” भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङ्गा घोल सिँचाइ परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा बाह्रैमहिना सिँचाइ पुगेको उनले बताइन् ।
महानगर क्षेत्रभित्र सिँचाइ आयोजनाबाट ५० वटा डिप ट्युबेल, तीन सय ३० स्यालो ट्युबेल र महानगरले सात सय बढी स्यालो ट्युबेल निर्माण गरिरहेका प्रमुख दाहालले जानकारी दिइन् ।
कार्यक्रममा भूमिगत सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाइका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएका बताए । भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाइ गरी बाली लगाउने अवस्थाको अन्त्य भएको उनको भनाइ थियो ।
भरतपुरमा भएका ट्युबेलले कूल छ हजार एक सय २० बिघा क्षेत्रफलमा सिँचाइ हुने आयोजनाका प्रमुख स्याङ्बोले जानकारी दिए । उनका अनुसार यहाँका कृषकले नारायणी लिफ्ट र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा लिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:५१
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...
पौष ८ गते, २०८२ - १७:४७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अम...
पौष ८ गते, २०८२ - १७:४६
काठमाडौं । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।...
पौष ८ गते, २०८२ - १७:४४
कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्याएका छन...
पौष ८ गते, २०८२ - १७:४१
बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका ८५ स्थानीय तहमा रहेका न्यायिक समितिहरू पछिल्लो समय विवाद समाधानमा निकै प्रभावकारी देखिएका छन्। स्थानीय स्तरमै...
पौष ८ गते, २०८२ - १७:३८
बैतडी । हल गोरु पाल्ने दुर्गमका कृषकले प्रोत्साहन रकम पाउने भएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई रु पाँच ह...
पौष ८ गते, २०८२ - १७:३७
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । सो खारेजी पश्चात साविककै दरमा शुल्क काय...
पौष ८ गते, २०८२ - १७:३४
तनहुँ । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फ...
पौष ८ गते, २०८२ - १७:३२
डडेल्धुरा । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्...
पौष ८ गते, २०८२ - १७:२८
नेपालगन्ज । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन ...




प्रतिकृया लेख्नुहोस्: