Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

गणेश लामाको पैसा खाने हिम्मत नेपालमा कसको होला ?

ज्ञानेन्द्र खड्का

काठमाडौ । मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन।

गणेश लामासँग ११-१२ वर्षअगाडि काठमाडौंको दरबारमार्गमा कोही साथीद्वारा भेटेको थिएँ। त्यहीबेला पनि नेपालमा यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भनेर विभिन्न योजनाहरू सुनाएका थिए।

मैले गणेश लामाको सात पुस्ताको समेत कुनै पनि जग्गा लिएको छैन र एक रुपैयाँको कारोबार पनि छैन।

गणेश लामाको एक रुपैयाँ खानुपर्ने मान्छे पनि हैन र गणेश लामाको पैसा खान सक्ने र खाएर नतिर्ने हिम्मत भएको नेपालमा को होला र  ?

अपहरण गरेर २० करोडको कागज गरिसकेपछि मैले हिम्मत गरेर जाहेरी दिएपछि र प्रेस विज्ञप्तिपछि अत्तालिएर उनले प्रेस मिट गरेका हुन्। यसको कुनै तुक छैन। मुद्दालाई कमजोर बनाउन खोजिएला, भ्रामक कुरा गरेर आलटाल गर्न खोज्लान् तर सम्पूर्ण नेपालीहरूले राम्ररी बुझिसकेको छन्, गणेश लामा को हो र उन्को धन्न्दा के होरु हुँदा(हुँदा राजनीतिक द्वन्द्व भनेर विषयान्तर पनि गर्न खोज्लान्।

मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन। अपहरण गर्ने, फिरौती लिने, करकापमा कागज गर्ने अनि आफ्नो अपराध ढाकछोप गर्न खोज्नु अर्को अपराध हो।

गणेश लामाले के भन्छन्, के गर्छन् भन्ने कुरामा कुनै तुक छैन। कानुनी प्रक्रियामा गएर आफू सही वा गलत साबित गरून्१ म र मेरो परिवारलाई जीवनभर खुकुरीको धारमा राखेर जाहेरी दिने र प्रेस विज्ञप्ति निकाल्ने आँट गरेको छु। नेपाल सरकार, प्रहरी प्रशासन, मिडियाकर्मी र आम जनमानसमा यस्तो जघन्य अपराधलाई निर्मुल पार्नको लागि अपिल गर्दछु।

गणेश लामा ‘मोस्ट वान्टेड’ भएको बेला थाइल्यान्डको मेरो होटलमा मलाई लाग्छ एक महिनाजति बसेका थिए होला। तर होटलको रुमको पैसा पनि तिरेका छैनन्। होटलमा लगानी गर्ने वा नेपालमा एक रुपैयाँ लगानी गर्ने कुरा त परै जाओस्। यस्तो जघन्य मुद्दालाई विषयान्तर गर्न यस्तो कुराहरू दुई हप्तादेखि नै गर्दै आएका हुन्। प्रहरी कार्यालयमा समेत गएर ठ्याक्कै यसैगरी भनिएको रहेछ। गणेश लामासँग पैसा खाने मेरो त्यत्रो हिम्मत छैन र अर्को कुरा १० वर्षदेखि भागेर हिँडेको भन्ने आरोप छ। जबकि, म विगत तीन वर्षदेखि नेपालमै मिडियामा इन्टरभ्यू दिएर खुलमखुल्ला व्यापार गर्दै आएको छु।

मेरो घर धोलाहिटीमै छ, म खोज्दा नभेटिने मान्छे हो र लामाको पैसा खाएर भाग्न सक्नेरु भ्रामक कुराहरू गरेर मुद्दालाई कमजोर बनाउने खेल मात्र हो, अरू केही पनि हैन। निज लामासँग मेरो कुनै व्यक्तिगत कारोबार पनि छैन। मैले मलाई परेको जघन्य अपराधको विरुद्धमा लड्ने आँट गरेको छु, म र मेरो परिवारको जीवन दाउमा राखेर कानुनी लडाइँ लड्दैछु। उनले गरेका सबै भ्रामक कुराहरूको पुष्टि गरून्। अदालतमा गएर सफाइ लिन सकुन्, म धन्यवाद दिन्छु।

म विशुद्ध आफ्नो व्यापार गरेर बसेको मान्छे। म सँग क्रिप्टो र बिट्क्वाइन छ भनेर अपहरण गरी ट्रान्सफर गर्ने एक मात्र उद्देश्य थियो। मेरो मोबाइल र ल्यापटपमा केही नभेटेपछि जबरजस्ती २० करोड छोराको नाममा कागज गराएका हुन्। बाँकी प्रहरी र अदालतको हातमा छ। उनले आफ्नो बचाउको लागि अरू पनि के(के गर्छन्, के के भ्रम छर्छन्, त्यो लामाको कुरा हो। यस्तो जघन्य अपराधमा माफी दिने छुट कसैलाई छैन।

वडा कार्यलयमा गएर हस्ताक्षर गरेको भनिएको छ, त्यसको अनुसन्धान हुनुपर्‍यो, करकापमा गरेको कागज एकल प्रमाणित गर्ने काठमाडौं महानगर वडा १० को अध्यक्षलाई समेत कारबही गरिपाऊँ।

लोकान्तर र बाह्रखरीमा प्रकाशित समाचार पढिसकेपछि मैले केही भन्नैपर्छ जस्तो लागेर यो कुरा लेख्दैछु।

पहिलो कुरा, गणेश लामाको प्रेस मिट हेर्नुहोला। प्रेस मिटमा लामाले ‘हामी ३(४ घन्टा बस्यौं होला’ भनेका थिए। जबकि, लोकान्तरको समाचारमा ‘करिब ७ घन्टा बसेको पाएका छौं’ भनेर अनुसन्धान अधिकारीको भनाइ भन्दै लेखिएको छ।

दोस्रो कुरा, म हितैसी साथीको नाता वा दाजुभाइको नाता लिएर लामासँग भेट्न गएको थिइनँ। वा त्यसरी बसेको पनि हैन। मलाई बकाइदा मेरो गाडीबाट जबरजस्ती झर्न लगाई उनीहरू आएको गाडीमा चढाएर लन्डन होटल पुर्‍याइएको हो। मेरो इच्छाविपरीत मलाई त्यहाँ पुर्‍याइएको थियो र त्यसपछि पनि कोठाभित्र छिरिसकेपछि मेरो मोबाइल र ल्यापटप दुबै उनीहरूले खोसेका थिए।

मलाई धम्क्याउँदै, मेरो मोबाइल र ल्यापटप खोलेर हेरेका समेत थिए। त्यो बीचमा मेरो नम्बरमा आएका महत्वपूर्ण फोन कलहरू मैले उठाउन पाएको छैन। मलाई उनीहरूले जबरजस्ती सञ्चारमाध्यमबाट टाढा राखे र मलाई मानसिक तनाव दिने उद्देश्यले धम्क्याइरहे। यो अपहरण नभएर के होरु

बाह्रखरीमा प्रकाशित समाचार अनुसार ‘फुटेजमा लामा र खड्का दुई जना मात्रै होटलमा पुगेको देखिएको छ’ लेखिएको छ। तर, हामीसँगै लामाले डिएसपी सा’ब भनेर बोलाउने गरेका सहदेव पनि थिए। त्यो बीचमा वकिल पनि हामी बसेको कोठामा छिरेका छन् र त्यसैबीचमा मेरो ल्यापटपमा खोजीनिती गर्नको लागि एक जना अर्को मानिस पनि पुगेका छन्। सिसिटिभीमा यो सबै नदेखिएकै हो ररु अनि फोटोसमेत आएको छ। फोटो खिचिएको मोबाइल र मोबाइल धनी व्यक्ति खोजिने हो भने त्यहाँ अर्को व्यक्ति को थिए भनेर थाहा हुँदैन ररु

बाह्रखरीमै लेखिएको छ, ‘त्यसबाहेक उनीहरूले बनाएको लेनदेनको कागजबारे पुष्टिका लागि दुबै जना वडा कार्यालसमेत पुगेको खुलेको छ।’ प्रहरीले वडा कार्यालयको सिसिटिभी फुटेज चेक गरोस्। म वडा कार्यालय पुगेकै छैन।

र, अन्तिम कुरा, लामाले जुन जग्गाको कुरा गरेका छन्। त्यस विषयमा भन्नुपर्दा मैले आजसम्म गणेश लामा वा लामाको परिवार कसैसँग पनि जग्गाको कुनै कारोबार गरेको छैन।

त्यो फोटो मलाई बन्धक बनाएर राखेको होटलको रुमको हो। सहदेव बेडमा बसिराखेका थिए, सायद सहदेवले खिचेको हुनुपर्छ। किनकि, होटलको रूममा सिसिटिभी क्यामेरा राखेको हुँदैन र राख्न पनि पाउँदैन। लन्डन होटलको पहिलो तलाको कर्नरको रुममा गएर हेरियो भने यो रुम देख्न पाइन्छ। र, यो न्युज अनुसार प्रहरीले फाइल नै बन्द गरिएको र मिलापत्र गर्न पठाइएको भन्ने छ, त्यो जानकारी छैन। कानुनी सलाहकारहरूसित छलफल गरेर म खन्डन गर्नेछु।

यसरी न्युज निकालेर जघन्य अपराधलाई ढाकछोप गर्न लागेको महसुस गरेको छु।

मैले प्रष्ट भनेको छु ( बिहान ७ बजेदेखि मलाई निगरानीमा राखेर भोकभोकै कुरेकोले फ्राइड राइस र मस्म मगाएर खाएका छन्। बिहानै ७ बजेदेखि कति बेला घरबाट निस्किन्छ भनेर निगरानी गर्दै बसेको भनेका थिए र मलाई लगभग दिउँसो १ बजे मात्र धोलाहिटीबाट उठाएका थिए।

जस्तो धम्की आउँदा पनि आँट गरेर जाहेरी दिएको छु।

(यो लेखमा स्वयं लेखक खड्काको नितान्त निजी विचार रहेको छ)

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending