Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भक्तपुरमा तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह रमिते

शिक्षा शाखाका प्रमुखकाे आश्वासनः विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा रहेको छ । विद्यालयले यसवर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर विडम्बना करिब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ । 

त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो ?, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय,  विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ ।

कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइिरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै स्थानीयतहमा  दर्ता विना तीन सयभन्दा बढी यस्ता विद्यालय सञ्चालनमा छन् तर जिम्मेवार निकाय नगरपालिका भने बेखबर बनिरहेको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन सुरु गरेको बताए । विना दर्ता अवैध रुपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उनले आजदेखि सुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताए । कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताए ।  जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय रहेका उनको भनाइ छ ।  दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पुर्याएर कि सञ्चालनको अनुमति दिने  कि कारबाही गर्ने भन्ने विषयमा स्थानीयतहले निर्णय लिन पर्ने उनले बताए ।  विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य जोडिएको हुदा स्थानीय तह टुलुटुलु हेरेर बस्न नमिल्ने उनले बताए ।

सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहेपनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उनले बताए । 

कडा अनुगमनका बीचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा रहेका छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बाहना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । मध्यपुरथिमि नगरपालिकामा विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’ भनी शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले बताएका छने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending