Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो: मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् । 

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रममा आइतबार उनले सम्बोधन गर्दै मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेका र पछिल्लो समय पञ्चकोट पनि एक धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बताए । उनले भने, “अझै पनि यहाँ कैयौँ सुप्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्, तिनको आवश्यक प्रचारप्रसार गरी धार्मिक एवं सांस्कृतिक पर्यटनको विकास गर्नुपर्छ ।”

उनले धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने बताए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने बताए । 

सो अवसरमा पञ्चकोटधामका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले मुख्यमन्त्री एवम् मन्त्रीहरुलाई स्वागत गरेका थिए । स्वामी कमलनयनाचार्यले मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेश सरकारसमक्ष पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचनाहरुको पूर्णताका लागि सहयोगको अपेक्षा गरिएको बताएका थिए । 

त्यसपछि मुख्यमन्त्री पाण्डेले पञ्चकोटको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे । यही फागुन ९ गतेदेखि सुरु भएको अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा हरेक दिन विभिन्न विषयका सम्मेलनहरु भइरहेका छन् । यसअन्तर्गत आज पञ्चकोटमा प्रादेशिक राजनीति र सुशासन सम्मेलन आयोजना गरिएको थियो ।
 
त्यस सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता राखेको बताए । जनतालाई सुशासनको अनुभूति दिलाइ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार लागिपरेको समेत उल्लेख गरे । त्यसअवसरमा प्रदेश सरकार मन्त्रीहरु दीपेन्द्र थापा, सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीलगायतको सहभागिता थियो । 

महायज्ञमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलकातर्फबाट मुख्यमन्त्री पाण्डेले रु दुई लाख ७५ हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending