Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो: मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् । 

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रममा आइतबार उनले सम्बोधन गर्दै मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेका र पछिल्लो समय पञ्चकोट पनि एक धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बताए । उनले भने, “अझै पनि यहाँ कैयौँ सुप्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्, तिनको आवश्यक प्रचारप्रसार गरी धार्मिक एवं सांस्कृतिक पर्यटनको विकास गर्नुपर्छ ।”

उनले धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशमा धेरै सम्भावना रहेकाले धार्मिक पर्यटनमार्फत समृद्ध हासिल गर्न सकिने बताए । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाउनका लागि निरन्तर काम भइरहेको भन्दै अब धार्मिकस्थलसँग पर्यटकलाई जोड्न त्रिवेणीधामदेखि मुक्तिनाथसम्मका विभिन्न स्थानमा धार्मिक संरचना निर्माण गर्ने बताए । 

सो अवसरमा पञ्चकोटधामका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले मुख्यमन्त्री एवम् मन्त्रीहरुलाई स्वागत गरेका थिए । स्वामी कमलनयनाचार्यले मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेश सरकारसमक्ष पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचनाहरुको पूर्णताका लागि सहयोगको अपेक्षा गरिएको बताएका थिए । 

त्यसपछि मुख्यमन्त्री पाण्डेले पञ्चकोटको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे । यही फागुन ९ गतेदेखि सुरु भएको अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा हरेक दिन विभिन्न विषयका सम्मेलनहरु भइरहेका छन् । यसअन्तर्गत आज पञ्चकोटमा प्रादेशिक राजनीति र सुशासन सम्मेलन आयोजना गरिएको थियो ।
 
त्यस सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासनलाई पहिलो प्राथमिकता राखेको बताए । जनतालाई सुशासनको अनुभूति दिलाइ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार लागिपरेको समेत उल्लेख गरे । त्यसअवसरमा प्रदेश सरकार मन्त्रीहरु दीपेन्द्र थापा, सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीलगायतको सहभागिता थियो । 

महायज्ञमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलकातर्फबाट मुख्यमन्त्री पाण्डेले रु दुई लाख ७५ हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: