दाङ । सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा उनलाई नागरिक अभिनन्दन गरिएको हाे ।
दंगालीहरुले झाँकीसहित उनको स्वागत गरेका थिए । मगर, थारु समुदायलगायतका समुदायले आ–आफ्नो भेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, विभिन्न विद्यालयका विद्यार्थीहरुले स्वागत सम्मानको लागि चोक चोकमा उपस्थिति भएका थिए ।
बजार परिक्रमापछि बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा नागरिक अगुवा एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले बुढालाई सम्मान पत्रले सम्मान गरेका छन् ।
सोही क्रममा सम्बोधन गर्दै बुढाले अपांगता भएकाहरु सक्षम हुन्छन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको बताए । आफू अपांगता भए पनि देश र समाजको लागि केही गरेर देखाउने सपना रहेको बताए। खुट्ट गुमाए पनि आफूले हौसला नगुमाएको बताउँदै बुढाले आफू भाग्यमानी भएर सगरमाथा आरोहण गर्न सफल भएको बताए।
बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाएका थिए। उनी गत जेठ ५ गते ३ बजे १० मिनेट जाँदा सगरमाथा चढेर विश्व किर्तिमान कायम गरेका थिए ।
यसअघि २०१६ मा सूर्यकुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: