मुम्बई । चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए । ७२ वर्षीय उदासको साेमबार बिहान निधन भएको छ । उनकी छोरी नायब उदासले सो जानकारी दिएकी हुन् ।
नायबले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी भएर २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुखद निधन भएको खबर गर्दैछौं ।’
पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले साेमबार बिहान ११ बजे अन्तिम सास लिए ।
पंकज उदासको निधनको खबर आएपछि सबैले उनलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।
पंकाज उदास ‘चिठी आयी है...’ र ‘जिए तो जिये कैसे....’ जस्ता धेरै प्रसिद्ध गीत र गजलका लागि परिचित छन् । उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन । पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - २०:४७
रसुवा । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका-१ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । आगलागीका कारण घर तथा लत्ता कपडा, भाडा...
मंसिर १३ गते, २०८१ - २०:३९
काठमाडौं । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको ...
मंसिर १३ गते, २०८१ - २०:३४
काठमाडौं । बयानकाे लागि पाेखराबाट काठमाडाैं ल्याइएका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई भद्रकालीकाे हिरासत कक्षामा राखिएकाे छ । सहकार...
मंसिर १३ गते, २०८१ - २०:०५
काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न ...
मंसिर १३ गते, २०८१ - १९:५०
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुगेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनि बिहीबार साँझ चीनक...
मंसिर १३ गते, २०८१ - १९:४४
काठमाडौं । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली...
मंसिर १३ गते, २०८१ - १९:३९
कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन...
मंसिर १३ गते, २०८१ - १९:३४
वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अ...
मंसिर १३ गते, २०८१ - १९:३०
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच आ...
मंसिर १३ गते, २०८१ - १९:२४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक...
प्रतिकृया लेख्नुहोस्: