Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारकाे बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ ।

राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ मा प्रतिनिधिसभामा राखिएका संशोधनका विषयमा आजका लागि राखिएको छलफलमा कतिपय सांसदले नयाँ विश्वविद्यालय आवश्यक हो होइन ? नेपाल विश्वविद्यालय खोल्न सम्भाव्यता अध्ययन भएको छ या छैन ? नयाँ विश्वविद्यालय खोल्दैमा शिक्षाको गुणस्तर बढ्छ ? भन्ने प्रश्न गरेका छन् । 

कतिपय सांसदलेसरकारले आवश्यकता ठानेर विधेयक ल्याएको र राष्ट्रियसभाबाट प्रतिवेदन प्राप्त भइसकेकाले विधेयक आवश्यक छ या छैन भने प्रश्न गर्नु उचित नभएको तर्क गरे । सांसदहरूले युवालाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेकामा जोड दिएका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, विज्ञहरू, शिक्षा मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी बैठकमा विज्ञहरूले नयाँ विश्वविद्यालय खोल्न प्रोत्सहान गर्दा यसले प्रतिस्पर्धा र नयाँपन ल्याउने धारणा राखे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नयाँ विश्वविद्यालय खोल्नुको औचित्य स्पष्ट भएपछि मात्रै विधेयकमाथि छलफल गर्नु वाञ्छनीय हुने बताए । नेपाली कांग्रेसका जीवन परियार र नेपाल कम्युनिष्ट पाटी  (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले विधेयक प्रस्तुत भइसकेकाले यसको आवश्यकता हो/होइन भनेर विषयान्तर गर्नु उचित नहुने तर्क गरे । 

शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीप र रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम जनशक्ति उत्पादन गर्न सो विश्वविद्यालय खोल्न सरकारले प्रस्ताव गरेको हो ।

सो विश्वविद्यालयको पूर्वाधार विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले अन्तरविधात्मक अवधारणा (लिवरल आर्ट)सँग सम्बन्धित विधामा गैह्रसरकारी क्षेत्रको सार्वजनिक अध्ययन, अध्ययन तथा अनुसन्धानमार्फत् मुलुकको समृद्धिका लागि टेवा दिन यो विश्वविद्यालय सक्षम हुने विश्वास दिलाए । 

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेलले कुनै पनि मुलुकको विकास र जनशत्तिको आवश्यकताको मूल्याङ्कनका आधारमा नयाँ विश्वविद्यालय स्थापना हुने बताउँदै विद्यार्थीले खोजेका विषयमा गुणस्तरीय शिक्षा र रोजगारी दिन सकेमा विदेश जानेमध्ये ३० प्रतिशत विद्यार्थी टिकाउन सकिने जनाए । 

स्वशासित र स्वायत्त हुने सो विश्वविद्यालयमा नेपाल सरकारको आर्थिक दायित्व नपर्ने विधेयकमा उल्लेख छ । विधेयकमा ३६ सांसदले दिएका संशोधनमाथि आगामी बैठकमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE