स्याङ्जा । स्याङ्जाको गल्याङ–१ रामनदीधामस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले निर्माण गरेको वृद्धाश्रममा बस्दै आएका उनीहरुलाई आश्रममै सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो ।
उक्त वृद्धाश्रममा २३ वृद्धवृद्धा बस्दै आएका छन् । झण्डै १५ किलोमिटर टाढाको गल्याङमा रहेको बैंकसम्म जानसक्ने अवस्था नभएका ज्येष्ठ नागरिकले आश्रममै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि खुसी भएका छन् । वृद्धाश्रममा स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी, कास्कीलगायत जिल्लाका ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
वृद्धाश्रममा बस्दै आएकी ९४ वर्षीया धनकुमारी मल्ल गल्याङस्थित बैंकमा जान सक्ने अवस्था छैन । मल्लजस्तै वृद्धाश्रममा बस्दै आएका अन्य वृद्धवृद्धाको अवस्था उस्तै हो । वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न जान आउन समस्या भएका कारण वृद्धाश्रम, गल्याङ नगरपालिका र गरिमा विकास बैंकको समन्वयमा वृद्धाश्रममै भत्ता उपलब्ध गराउन थालिएको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठले बताए ।
हाल नौ जनालाई गरिमा विकास बैंकले वृद्धाश्रममै आएर भत्ता वितरण गर्दै आएको उनले बताए । “यहाँ बस्नुभएका ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान ल्याउन समस्या छ”, कार्यालय सचिव श्रेष्ठले भने, “ज्येष्ठ नागरिकको सहजतालाई ध्यान दिँदै वृद्धाश्रममै भत्ता दिने व्यवस्था मिलाइएको छ ।” वृद्धाश्रममा बस्दै आएकामध्ये केही ज्येष्ठ नागरिकको नागरिकतासमेत नभएकाले भत्ता उपलब्ध गराउन नसकिएको उनले बताए ।
गरिमा विकास बैंक गल्याङका कर्मचारी वृद्धाश्रममै उपस्थित भई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको शाखा प्रमुख यज्ञ न्यौपानेले जानकारी दिए । वृद्धाश्रममा बस्दै आएका गल्याङ नगरपालिका–१ भन्दा बाहिरका ज्येष्ठ नागरिकले वडामा बसाइँसराइको प्रमाणपत्र ल्याएर भत्ता बुझ्दै आएका छन् । “यसअघि वृद्धाश्रममा बस्दै आएका ११ ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरेका थियौँ”, शाखा प्रमुख न्यौपानेले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: