स्याङ्जा । स्याङ्जाको गल्याङ–१ रामनदीधामस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले निर्माण गरेको वृद्धाश्रममा बस्दै आएका उनीहरुलाई आश्रममै सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो ।
उक्त वृद्धाश्रममा २३ वृद्धवृद्धा बस्दै आएका छन् । झण्डै १५ किलोमिटर टाढाको गल्याङमा रहेको बैंकसम्म जानसक्ने अवस्था नभएका ज्येष्ठ नागरिकले आश्रममै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि खुसी भएका छन् । वृद्धाश्रममा स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी, कास्कीलगायत जिल्लाका ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
वृद्धाश्रममा बस्दै आएकी ९४ वर्षीया धनकुमारी मल्ल गल्याङस्थित बैंकमा जान सक्ने अवस्था छैन । मल्लजस्तै वृद्धाश्रममा बस्दै आएका अन्य वृद्धवृद्धाको अवस्था उस्तै हो । वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न जान आउन समस्या भएका कारण वृद्धाश्रम, गल्याङ नगरपालिका र गरिमा विकास बैंकको समन्वयमा वृद्धाश्रममै भत्ता उपलब्ध गराउन थालिएको शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठले बताए ।
हाल नौ जनालाई गरिमा विकास बैंकले वृद्धाश्रममै आएर भत्ता वितरण गर्दै आएको उनले बताए । “यहाँ बस्नुभएका ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान ल्याउन समस्या छ”, कार्यालय सचिव श्रेष्ठले भने, “ज्येष्ठ नागरिकको सहजतालाई ध्यान दिँदै वृद्धाश्रममै भत्ता दिने व्यवस्था मिलाइएको छ ।” वृद्धाश्रममा बस्दै आएकामध्ये केही ज्येष्ठ नागरिकको नागरिकतासमेत नभएकाले भत्ता उपलब्ध गराउन नसकिएको उनले बताए ।
गरिमा विकास बैंक गल्याङका कर्मचारी वृद्धाश्रममै उपस्थित भई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको शाखा प्रमुख यज्ञ न्यौपानेले जानकारी दिए । वृद्धाश्रममा बस्दै आएका गल्याङ नगरपालिका–१ भन्दा बाहिरका ज्येष्ठ नागरिकले वडामा बसाइँसराइको प्रमाणपत्र ल्याएर भत्ता बुझ्दै आएका छन् । “यसअघि वृद्धाश्रममा बस्दै आएका ११ ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरेका थियौँ”, शाखा प्रमुख न्यौपानेले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: