काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज दस्तावेज मस्यौदा समितिको बैठक बसेको छ । बैठकमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजनाबारे छलफल गरिएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा अधिकांश नेताले जनताको बहुदलीय जनवाद (जबज) को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा जोड दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका योजनामा छलफल केन्द्रित गरिएको छ ।
मङ्गलबार बसेको बैठकमा छलफल बाँकी रहेकाले स्थगित भएकामा दस्तावेज तयारीका लागि अहिलेसम्म भएका गतिविधिका साथै विधान सम्मेलनका सुझावलाई कसरी समेट्ने, देशभरबाट सङ्कलन भएका के कस्ता सुझाव समावेश गर्ने विषयमा कार्यदिशालगायत विविध विषयमा आज नेताहरुले धारणा राखेको छन् ।
पार्टीले मस्यौदामाथि सुझाव सङ्कलन गर्न उक्त मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकिएको जनाइएको छ । उनीहरूका सुझाव समावेश गरी दस्तावेज तयार गरिने छ । दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो । समितिमा सदस्यमा पार्टीको सचिवालयका सबै सदस्य र सात प्रदेशका इन्चार्जहरुलाई समावेश गरिएको छ ।
जबजलाई अवलम्बन गर्ने वा समाजवादीको कार्यक्रमलाई जोड दिने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: