कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा निरन्तर लागेको बताएका छन् ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी सिमसार क्षेत्रमा आज आयोजना गरेको रैथाने तथा प्रवासी पन्छी अवलोकन कार्यक्रममा उनले विशेष गरी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासमा सरकार लागेको बताए ।
“सुदूरपश्चिममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धेरै स्थान छन् । यी सबैलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ”, उनले भने, “रोजगारी सिर्जना, आयआर्जन, आर्थिक वृद्धि पनि हुने गरी समृद्धिका बाटा सँगसँगै बनाएर जानुपर्ने हुन्छ । यस्ता क्षेत्रमा सरकार लगानी गर्न तयार छ ।”
घोडाघोडी सिमसार क्षेत्रलाई पनि पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, “घोडाघोडी सिमसार क्षेत्रमा रैथाने मात्रै नभएर प्रवासी चरा पनि आउने भएकाले अन्तर्राष्ट्रियस्तरका पर्यटक भित्र्याउने वातावरण कसरी बनाउने भन्ने बिर्सिनुहुँदैन । यसलाई पर्यटनसँगै जोडेर लैजान जरुरी छ ।”
“स्वदेशी तथा विदेशी चराको बासस्थान बन्दै आएको यस क्षेत्रलाई हामी पर्यटनसँग जोडेर अगाडि बढ्न चाहान्छौँ”, मुख्यमन्त्री शाहले भने, “अन्तर्राष्ट्रिय क्षेत्रले पनि मान्यता दिएको यो क्षेत्रको महत्व निकै ठूलो छ । राज्य, स्थानीय सबैले यो क्षेत्रको महत्व कति छ भन्ने कुरा बुझ्न जरुरी छ ।” पर्यटन क्षेत्रको विकासमा लाग्ने क्रममा आयआर्जन हुने, ठूलो पर्यटनको विकास हुने आयोजनामा मात्रै अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको उनले प्रष्ट पारे ।
सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले खासगरी घोडाघोडी क्षेत्र जनताका जनजीविका, पर्यटन, रोजगारीसँग जोडिएको क्षेत्र भएको बताए । उनले घोडाघोडी सिमसार क्षेत्रलाई दुई वर्ष पहिले घोषणा भएको ‘वर्ड सेञ्चुरी’ कार्यक्रमलाई मन्त्रालयले निरन्तररुपमा अगाडि बढाइ रहेको बताउँदै तीनै तहका सरकारले यस्ता क्षेत्रको समग्र विकासको योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: