काठमाडौं । टिकटकका वयस्क प्रयोगकर्तामध्ये करिब आधाले कहिल्यै पनि भिडिओ पोस्ट नगर्ने पाइएको छ । अमेरिकन संस्था प्यू अनुसन्धान केन्द्रको एक अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।
१८–४९ उमेर समूहका २,७४५ वयस्कबीच उक्त अध्ययन गरिएको थियो । अध्ययन अनुसार तीमध्ये ४८ प्रतिशतले टिकटकमा कहिल्यै पनि भिडिओ पोस्ट नगरेको पाइयो । अझ कतिपयले त आफ्नो प्रोफाइलमा बायो (व्यक्तिगत जानकारी) समेत राखेका छैनन् ।
सामाजिक सञ्जालमा आफैं कन्टेन्ट बनाएर नहाल्नु सामान्य विषय हो । यस्तो अवस्थालाई सामाजिक सञ्जालमाथि अनुसन्धान गर्नेहरूले ‘एक प्रतिशतको नियम’ ले व्याख्या गर्ने गर्छन् ।
यस नियम अनुसार सामाजिक सञ्जालको कुल प्रयोगकर्तामध्ये एक प्रतिशतले आफैं कन्टेन्ट बनाएर हाल्छन् । ती सामग्रीमा करिब १० प्रतिशत प्रयोगकर्ता संलग्न हुन्छन् । अनि बाँकी रहेकाले ती सामग्री हेरेर मात्र बस्छन् । २००६ मा आएको यो अवधारणा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्छ । त्यसताका टिकटक स्थापना भएकै थिएन । युट्युब भने भर्खर एक वर्ष पुग्दै थियो ।
यसकारण सामाजिक सञ्जालमा पोस्ट गर्नेभन्दा गुपचुप बस्ने संख्या धेरै हुनु सामान्य छ । यस अध्ययनका प्रमुख लेखक सामुयल बेस्टवाटरले अन्य प्लेटफर्मको तुलनामा टिकटकमा पोस्ट नगर्ने संख्या बढी हुनु आश्चार्य भएको बताएका छन् । उनीहरूले नै २०२१ मा गरेको अध्ययनले अमेरिकी वयस्कहरूले महिनामा कम्तीमामा पाँच वा त्योभन्दा कम पटक एक्स ९त्यसबेला ट्वीटर० मा पोस्ट गर्ने देखाएको थियो ।
तर हालैको अध्ययनले टिकटकमा कुनै पनि पोस्ट नगर्ने प्रयोगकर्ताहरूको संख्या देखाएको हो । एक्सको तुलनामा टिकटकमा धेरै प्रयोगकर्ता पोस्ट नगरी बस्नु स्वाभाविक छ । किनकि टिकटकमा कन्टेन्ट पोस्ट गर्न भिडिओ बनाउनु पर्ने बाध्यता छ ।
त्यस्तै अध्ययनले टिकटकमा पोस्ट गर्ने बानीसँग उमेरको सम्बन्ध गहिरो नभएको समेत पत्ता लगाएको छ । ३५–४९ उमेर समूहको तुलनामा १८३४ उमेर समूहले टिकटक प्रयोग गर्ने सम्भावना बढी हुन्छ । तर अध्ययनमा यी दुवै उमेर समूहका आधा प्रयोगकर्ताले कहिल्यै पनि पोस्ट नगरेको पाइयो ।
साथै अध्ययनमा सहभागी भएका ८५ प्रतिशत प्रयोगकर्ताले आफ्नो फिडमा आउने भिडिओ रोचक र फरक भएको बताएका थिए । त्यसको कारण टिकटकको एल्गोरिदम हुन सक्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: