Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ढोडबेँसी मालेपाटनको खुदो : मागअनुसार पुर्याउनै मुस्किल

खबरडबली संवाददाता

गण्डकी । प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन ढोडबेँसी । 

प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति यहाँको खुदो किन्ने र खाने प्रचलन प्राचीन कालदेखि नै चल्दै आएको थियो । तीन दशक अघिसम्म पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने प्रचलन नै थियो । पछिल्लो समयमा यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि यहाँको खुदोले अहिले पनि उत्तिकै चासो र चर्चा कमाएको छ ।

पोखरामा मात्रै नभएर यहाँको खुदोको माग राजधानी काठमाडौँसम्म पनि हुने गरेको छ । कास्की, तनहुँ आसपासका क्षेत्रमा जन्मथलो भई विभिन्न सेवा पेशा र व्यवसायका कारण राजधानी र अन्य शहरमा बस्दै आएका व्यक्तिले वर्षेनी यहीँबाट खरिद गरी खुदो लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । 

यहाँको खुदोको माग बढिरहे पनि कृषिप्रतिको अनिच्छालगायतका कारण मागअनुसार पुर्‍याउन नसकिएको स्थानीयवासी बताउँछन् । मालेपाटन ढोडबेँसी क्षेत्रमा उखु खेती सुरु गरिएको यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको बुढापाकाको भनाइ छ ।

खुदो यस क्षेत्रको विशिष्ट पहिचान रहेको र यहाँका स्थानीयवासी व्यावसायिक उखुखेतीमा आकर्षित बनेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले बताए । दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको उनले बताए। 

सामान्यत: पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ ।

उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको उनले जानकारी दिए ।

कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवम् बजारीकरणसँगै बाख्रा, कुखुरा पालनलगायत लगानी गरिँदै आएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । 

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी यन्त्रका माध्यमबाट उखु पेल्ने गरिएको छ । यस वर्ष माघ महिनामा नै यस क्षेत्रमा उत्पादित खुदो सकिएको स्थानीयवासी तारानाथ रिजालले जानकारी दिनुुभयो । खुदो खोज्नेको सङ्ख्या बढेपनि मागअनुसार आपूर्ति गर्न नसकिएको उहाँले बताए।

पछिल्ला समयमा मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै पोखरा महानगरपालिकाको सहयोगमा विगत दुई वर्ष यता यहाँको खुदोलाई ब्राण्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको छ ।

एक वडा एक पकेट कार्यक्रम अन्तर्गत यहाँ उखु खेतीको विस्तारका लागि अघिल्लो वर्ष पोखरा महानगरपालिकाले रु १२ लाख उपलब्ध गराएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

यहाँ उत्पादित खुदोको यस वर्ष पनि प्रयोगशालामा परीक्षण गरिएकोमा गुणस्तरीय पाइएको उहाँले बताउनुुभयो । गत वर्ष हावा हुरीका कारण यहाँको उखु खेतीमा केही असर पारेको उहाँले जानकारी दिए ।

“मालेपाटन ढोडबँेसीको खुदोको माग वर्षेनी बढ्दै गरेका अवस्थामा त्यसअनुरुप आपूर्ति गर्न धौधौ हुनेगरेको छ”, उनले भन्नुभयो, “स्थानीयको जागरुकता बढेमा महानगरपालिकाले गर्न सक्ने सहयोगका लागि हामी निरन्तर लागिरहेकै छौँ ।”

उत्पादन बढाउन सकेमा त्यसले स्थानीयको आयआर्जन बढाउने र स्वरोजगारी सिर्जना गर्ने उनले बताए। मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने उननले बताए ।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने गरेको ढुसीजन्य रोग, हावाहुरीको समस्या आदि चुनौतीका रुपमा रहेको उनीहरूको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending