Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

अमेरिकाको पर्यटक प्रवर्द्धकमा फेरि विनोद अधिकारी नियुक्त

खबरडबली संवाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ । बिहीबार मन्त्रालयले विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो । अधिकारी दोस्रो पटक यो जिम्मेवारी पाउने भाग्यमानी नागरिक हुन् । यसअघि पनि अधिकारी मन्त्री स्तरीय निर्णयबाट चार वर्षका लागि अमेरिकाका लागि पर्यटक प्रवर्द्धक नियुक्त भएका थिए । 

सरकारले पर्यटनको क्षेत्रमा वृहत्तर योगदान दिने व्यक्तिलाई पर्यटक प्रवद्र्धकको जिम्मेवारी सुम्पिँदै आएको छ । दोहोरिएर यो जिम्मेवारी पाउने अधिकारीले १५ वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा अनवरत योगदान दिइरहेका छन् । 

यूएन तथा नेटजिओ जस्ता अन्तर्राष्ट्रिय संस्थासँग हातेमालो गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अधिकारीले वृत्तचित्र निर्माण तथा फोटो भिडियामार्फत पनि नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्दै आएका छन् । पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका, २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ। अधिकारीले सगरमाथाको २८औं पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पाको आरोहणलाई समेटेर ‘एभरेस्टमेन’ शीर्षकको डकुमेन्ट्री निर्देशन गरेका अधिकारीले हालसालै नेपालबाट स्ट्यान्ड कमेडियनको टोली लिएर मनोरञ्जनात्मक कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यको बारेमा पनि प्रचार गरेका थिए ।

अधिकारीले नेपाल सरकारको यो निर्णयले आफूलाई जिम्मेवारीका साथ काम गर्न उर्जा प्रदान गरेको बताए । ‘सरकारले अमेरिकाका लागि दोहोर्याएर यो जिम्मेवारी प्रदान गर्ने कुरालाई मैले उपलब्धिको रुपमा लिएको छु,’अधिकारीले भने, ‘ विदेशमा बस्ने नेपालीहरु त्यसै पनि देशका पर्यटक दूत हुन् । तर औपचारिक जिम्मेवारी पाउँदा यसले त्यही काम गर्न सजिलो बनाउँछ । सरकारले दिएको यो जिम्मेवारी अपेक्षाअनुसार निर्वाह गर्न म कटिवद्ध छु ।’

अधिकारीले कार्यविधि र सरकारको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy