काठमाडौं। सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
च्याम्पियन फुटवेयर लिको नाम परिवर्तन भई हाल सिजि चाँदवाग रेसिडेन्सी प्रा।लि।को तर्फवाट संजय ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले फागुन १३ गते रिट दायर गरेका थिए । उक्त रिटमा दुवै पक्षको वहसपछि सर्वोच्चले यस्तो आदेश गरेको हो ।
सर्वोच्चले शुक्रवार जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले निर्णय फाइल झिकाउन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो। मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो।
टोखा नगरपालिका वडा नम्बर ६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो। उक्त पत्रको विरूद्धमा सञ्जयले अन्तरिम आदेश हुुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।
सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।
कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो।
माघ २२ गते म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सके पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थियो । सोही आदेशपछि माघ २४ गते चौधरीसहितका तीन प्रतिवादीहरु रिहा भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८२ - १७:०२
काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर...
आश्विन ६ गते, २०८२ - १६:४८
काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे...
आश्विन ६ गते, २०८२ - १६:३३
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केशर महलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ...
आश्विन ६ गते, २०८२ - १६:१६
मकवानपुर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका –१९ स्थित बस्तीपुर सडक खण्डमा बस र ट्रक जुधेर दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका ...
आश्विन ६ गते, २०८२ - १५:५८
अरु कसलाई कुन मन्त्रालय ?
आश्विन ६ गते, २०८२ - १५:३२
काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगद...
आश्विन ६ गते, २०८२ - १५:२०
काठमाडौं । यसअघि प्रधानमन्त्री र मन्त्रीको शपथमा नपुगेका सभामुख देवराज घिमिरे आज भने नवनियुक्त मन्त्रीहरूको शपथमा पनि पुगेका छन्। सोमबार शीतल निवास...
आश्विन ६ गते, २०८२ - १४:३९
मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनास...
आश्विन ६ गते, २०८२ - १४:२४
ढाका। बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन...
आश्विन ६ गते, २०८२ - १४:१२
काठमाडौं। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि तय भएको छ । यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएक...
प्रतिकृया लेख्नुहोस्: