काठमाडौं । भायानेट एसियन टेलिकम अवार्डबाट सम्मानित भएकाे छ । फेब्रुअरी २९ मा सिंगापुरमा आयोजना भएको अवार्ड समारोहमा भायाेनेट एसियन टेलिकम अवार्डबाट सम्मानित भएकाे हाे ।
भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको कम्पनीले जनाएकाे छ । एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको बताइएकाे छ ।
उक्त अवार्डको लागि भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । बिभिन्न निर्णायकहरूको प्रकृयगत निर्णय र छलफलको आधारमा सम्मानित प्यानलले भायानेटलाई विजेताको रूपमा चयन गरेको कम्पनीले जनाएकाे छ । कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको बताइएकाे छ ।
एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सन्चालन हुँदै आएको छ । अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिदै आएको पाइन्छ ।
भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गरेकी छन् । उनले भनिन्- “भायानेट सधैं ग्राहकको आवश्यकता अनुरुप नविनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहदै आएको छ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गरेकाे छ ।"
एक्स जि एस फाइबर टेक्नोलोजी, १० गीगाबिट्स प्रति सेकेन्ड (जिबिपिएस्) सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ, यसलाई बजारमा ल्याएसँगै स्थानीय व्यापार परिदृश्यमा यसको प्रभाव निकै राम्रो देखिएको उनकाे भनाइ छ । यस कारण उद्यमीहरूलाई अतुलनीय दक्षता र विश्वसनीयताका साथ डिजिटल अर्थतन्त्रको आवश्यक मागहरू पूरा गर्न सक्षम बनाउँने उनले बताइन् ।
भायानेटले भविष्यतर्फ हेर्दै गर्दा, एक्स जि एस प्रविधिको पहुँच विस्तार गर्न र नेपालमा इन्टरनेट गुणस्तर बनाउने कार्यको नेतृत्व गर्न प्रतिबद्ध रहेकाे उनले बताइन् ।
ग्राहकलाई आवस्यक परेका र विश्वबजारले बिस्वास गरेका नविनातम टेक्नोलोजी ल्याउन कम्पनी प्रतिबद्ध रहेकाे कम्पनीले जनाएकाे छ । भायानेट र यसको ग्राउन्डब्रेकिंग पहलहरूको बारेमा थप जानकारीको लागि याे लिंकमा भ्रमण गर्न समेत भायाेनेटले सबैमा अनुराेध गरेकाे छ । https://www.vianet.com.np/xgs-extreme/
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...
बैशाख २० गते, २०८३ - ०७:२३
काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बैशाख २० गते, २०८३ - ०७:२१
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...
बैशाख २० गते, २०८३ - ०७:१८
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...
बैशाख २० गते, २०८३ - ०६:४१
कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...
बैशाख २० गते, २०८३ - ०६:३४
काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...
बैशाख २० गते, २०८३ - ०६:३१
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...
बैशाख २० गते, २०८३ - ०६:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
बैशाख २० गते, २०८३ - ०६:२८
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...


प्रतिकृया लेख्नुहोस्: