Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कयौँलाई घाइते बनाएको खाल्डो पुरियो, तर बनेन कटहरिया बजारको नाला

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका अधिकांश निर्वाचित जनप्रतिनिधि बजेटको राजनीतिमा लागेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका छन् ।

दिनभरि नै सवारीसाधनको आवागमन जारी रहने कटहरिया बजारको मूल बाटोमा नाला निर्माण गर्न खनिएको खाडल एक महिनापछि पुरिँदा पनि नाला निर्माण हुन नसकेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका हुन् ।

कटहरिया–५ गाउँदेखि निर्माण हुँदै आएको नाला स्थानीय किराना व्यवसायी सुरेन्द्र साहको पसल अगाडिबाट बढ्न सकेको छैन । वडा अध्यक्ष सर्फलाल गुप्ताको नेतृत्वमा साहको पसलअगाडि नाला निर्माण गर्न एक महिनाअगाडि पेटी ठेकेदार उपेन्द्र बैठाले खाडल खनेर तल ढलान गरी फलामे छडसमेत प्रयोग गरेका थिए। तर, पछि वडा अध्यक्ष गुप्ताले उक्त स्थानमा ३६ फिट चौडाई हुनुपर्छ अहिले ३१ फिट मात्र छ भनेर निर्माण रोक्का गरेका छन्।

व्यवसायी सुरेन्द्र साह र सामुने घर भएका शिवशंकर साहले आ–आफ्नो नम्बरी जग्गा हाल रहेको बाटोमा ८/१० फिट पर्ने दाबी गर्दै आएका छन् । सुरेन्द्र साहले जग्गा थोरै खरिद गरी नक्सा बढी बनाउन नापी कार्यालय मौलापुरमा यकीन गरेपछि मात्र नाला निर्माण गर्ने वडा अध्यक्ष गुप्ताले अडान राखेका छन्।

सामुने घर भएका शिवशंकर साहले भने ५१६ फिटको हाराहारीमा आफ्नो पक्की घर भत्काई सकेको बताउँछन्। तर एकमहिना बित्दा पनि वडा अध्यक्ष गुप्ताले सुरेन्द्र साहको जग्गा बारे बास्तविक यकिन गर्न सकेनन्।

उता थोक तथा खुद्रा किराना ब्यवसायी सुरेन्द्र साहको पसलमा दर्जनौं सवारी साधन तथा सयौं ग्राहक दैनिक आवत जावत गर्ने गर्दछन्।

पसलअगाडि खनिएको खाडलमा खसेर  कयौंलाई चोटपटकसमेत लागेको उनले पटक पटक गुनासो गर्दै आएको भए पनि समयमा नाला निर्माण हुन सकेन । यसरी महिनौंसम्म पसलअगाडि खनिएको खाडलमा दुर्घटना हुन थालेपछि केहीदिन अगाडि बाध्य भएर सुरेन्द्र साहले नाला निर्माण नहुँदै खाडलमा माटो पुरेका छन् । पेटी ठेकदार बैठाले पनि बाध्य भएर फलामे छडहरु काटेर लागेका छन ।

किराना व्यासायी साहले पसलअगाडि महिनौंसम्म रहेको खाडलको कारण ग्राहक नआएर लाखौँ रुपैयाँ क्षति भएको बताउँछन्। त्यसैगरी पेटी ठेकेदार उपेन्द्र बैठाले पनि खाडल खनेर ढलान भएको र फलामे छड समेत प्रयोग भएर नाला निर्माण नहुँदा आफूलाई पनि लाखौंको क्षति भएको गुनासो गरिरहेका छन्।

कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सुरेन्द्र साहको जग्गाबारे बास्तविक यकीन गर्न नापी कार्यालय मौलापुरले ढिलो गरेको कारण समस्या भएको दोह्रयाएका छन्।

कटहरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बजेट केन्द्रित भएको कारण जनसरोकारको कामहरूमा ढिलाई भएको स्थानीय जानकारहरुले गुनासो गरेका छन।

आश्रय निर्माण सेवाले कटहरिया ४ र ५ मा खानेपानीसँगै ढल तथा नाला निर्माणको ठेक्का लिएको छ । करोडौंको ठेक्काको काम आश्रयले आफैले नगरी साना साना पेटी ठेकदारमार्फत गरिएको कारण पनि भौतिक पूर्वाधार निर्माण समयमा नहुने तथा गुणस्तरमाथि प्रश्न चिह्न उठिरहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

बैतडीमा दुई महिलाको मृत्यु

बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...

सुनको मूल्य दुई हजार ८०० ले घट्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...

चुनावी खर्च विवरण समयमै सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...

युद्धका बीच कतार एयरवेजका १४३ विशेष उडान

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...

स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ । बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका...

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राई निलम्बित

हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: