Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी थिइन् चितवनकी शालिन पोखरेल

बुवा कान्छी ल्याएर काठमाडौंमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा

खबरडबली संवाददाता

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।

काठमाडौं। फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्।

निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’

चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ।’

अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन्।

प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ।

उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो। सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। यो १० वर्षमा शालिन ८ वर्ष मामाघर बसिन्। होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदैथियो।

बाहिर आएजस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन्।

‘परिवारले यहाँ पोष्टमार्टम गर्न नमानेकाले शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेका छौं,’ भण्डारीले भने, ‘रिपोर्ट आएपछि थप तथ्यहरू खुल्नेछन्।’

पोष्टमार्टमले मृत्यु के-कसरी भयो भन्ने यकिन गर्न मद्दत गर्दछ। त्यसमा अस्वाभाविक मृत्यु देखिए अनुसन्धानले अर्को मोड लिन्छ।

यसैगरी, मृतकको भिसेरा ९मुटु, कलेजो र फोक्सो०सहित शरीरको फरेन्सिक जाँच गरिएको छ। त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्नेसम्मको घातक प्रयास भएको छरछैन पत्ता लाग्छ।  

शालिन चार वर्षको उमेरदेखि रत्ननगर(१२ स्थित मावलीमा बस्दै आएकी थिइन्। उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन्।

उनका बुवा(आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन्।

‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने।

शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ। घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन। सुरूमा बलात्कार भएको नदेखिएकाले रिपोर्ट आएपछि नै सबै कुरा जानकारीमा ल्याइने प्रहरीले जनाएको छ।

परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन्।

प्रहरीले प्रिन्सिपल  ६० वर्षीय बालहरि देवकोटा, भाइस-प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन्।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending