लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागनु २८ र २९ गते आयोजना गर्न लागिएको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन पर्यटन प्रवर्द्धनका लागि भएको बताएका छन् ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रतिनिधिका रुपमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले शिखर सम्मेलन सङ्घीय सरकारको निर्णयकै आधारमा प्रदेश सरकारले आयोजना गर्न लागेको बताए । उनले सम्मेलनमा ११ जना नोबेल पुरस्कार विजेता आउने निश्चित भएको समेत जानकारी गराए ।
उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउने उद्देश्यले शिखर सम्मेलन गर्न लागिएको बताए । “लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्रै होइन सबैका लागि हो”, गृहमन्त्री पाण्डेले भने, शिखर सम्मेलन लुम्बिनीको आर्थिक समृद्धिका लागि पनि हो ।”
प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रममा समेत शिखर सम्मेलनको विषय समेटेको स्पष्ट पार्दै यो विषय कुनै व्यक्ति तथा दलले ल्याएको नभएको उनको भनाइ थियो ।
प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शिखर सम्मेलनबारे प्रश्न उठाएको थियो । प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले सम्मेलन सुरुमा पर्यटन प्रवद्र्धनको निम्ति भनिए पनि पछि बालबालिका, विकास र शान्तिको विषय जोडिएर आएको विषयबारे सरकारको जवाफ माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: